बडुवाल टोलमा जंगली हात्तीले किसानको २ बिघाह गहुँवाली नष्ट, सरोकारवाला मुकदर्शक

दोधारा । दोधारा चाँदनीको बडवाल टोलमा जगंली हात्तीले २ बिघाह बढी गहुँवाली नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका किसानहरुको जंगली हात्तीले २ बिघाह भन्दा बढी गहुँवाली नष्ट गरेको स्थानियहरुले बताएका छन् । बस्तीमा बिगत लामो समय देखि जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्ने, घरहरु भत्काउने गर्दै आएको छ् । सरोकारवालाहरुले जंगली हात्तीको आतंक नियन्त्रण कार्य कुनै पनि प्रकारको नगरेको स्थानियहरुको पिडा छ् । जंगली हात्तीले बडुवाल टोलका कमला सुनार, खेम बहादुर खत्री, महाविर क्षेत्री, नन्दलाल मगर, नर बहादुर मगर, चन्द्रकला मगर लगाएत दर्जनौ किसानहरुको खेतमा पक्नै लागेको गहुँवाली हात्तीले नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् ।

बिगत लामो समय देखि भारतिय जंगलबाट बस्तीमा पस्दै आएको जंगली हात्तीको कारण स्थानियहरुले निकै समस्या खेप्दै आउनु परेको छ् । बच्चा सहित आएको जंगली हात्तीले धपाउन जाँदा हात्तीले आक्रमण गर्न आउने हुदा खेतको गहुँ वाली सखाफ नगरे सम्म हात्ती नभाग्ने गरेको उनिहरुको भनाई रहेको छ् । वर्षौ देखि कायम जंगली हात्तीको समस्या समाधान हुन नसक्दा स्थानिय निराश हुदै आएका छन् । जंगली हात्तीले स्थानियहरुको मध्यरातमा घर भत्काउदा, अन्नवाली नष्ट गर्दा समेत स्थानिय सरकार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मुकदर्शक भएर बसेको स्थानियहरुको गुनासो बन्दै आएको छ् ।

बिगतका दिनहरुमा सरह अहिले पनि बस्तीमा जंगली हात्तीको आतंक नरोकिएको स्थानियहरुको भनाई छ् । झण्डै २ सय ५० घर रहेको बडुवाल टोलमा जंगली हात्तीले अन्नवाली क्षती गरेकै कारण केही स्थानियहरु भारतको बिभिन्न शहरमा ज्यालामजुरी गर्न बाध्य भएका छन् ।

 

ताजा समाचार