प्रहरीको मानव बेचबिखन नियन्त्रण तथा लागुऔषध सम्बन्धी महाकाली झोलुङ्गे पुल नजिक जनचेतना

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरीले बिभिन्न समयमा बिद्यालय तथा समुदाय स्तरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लागुऔषध रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्दै आएको छ् । यसै क्रममा आज दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झोलुङ्गे पुलमा रहेको अस्थायी प्रहरी चौकीले मानव बेचबिखन तथा ओसापसार नियन्त्रण र लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । महाकाली झोलुङ्गे पुलमा आएका पर्यटक तथा स्थानियहरुको सहभागीतामा मानव बेचबिखन रोकथाम तथा लागुऔषध दुव्र्यसनी नियन्त्रणको लागी जनचेतनानमुलक कार्यक्रम सम्पन्न गरेको प्रहरीले जनाएको छ् । कार्यक्रममा अस्थायी प्रहरी चौकी महाकाली झोलुङ्गे पुलका ईन्चार्ज तथा असई भुवन सिंह धामी, प्रहरी हवल्दार खेम सिंह बिष्ट, प्रहरी जवान देवराज भुल, माईती नेपाल कञ्चनपुरका लक्ष्मी गुरुङ्ग, स्थानिय ब्यावसायी जनक सिंह ठकुरी लगाएत स्थानिय तथा पुल अवलोकन गर्न आउनेहरुको बाक्लो सहभागिता रहेको थियो ।

लागुऔषध भनेको के हो ? यसबाट हुने सामाजिक तथा स्वास्थ्यमा हुने प्रतिकुल प्रभावको बारेमा प्रशिक्षण गरिएको थियो । यस्तै कार्यक्रममा मानव बेचबिखन भनेको के हो ? मानव बेचबिखन गरे वा उक्त कार्यमा सघाउनेलाई कानुनी उपचार लगाएत समसायिक बिषयमा समेत जानकारी गरिएको प्रहरीले जनाएको छ् । समाजमा विद्यमान यस्ता घटना रोकथाम तथा न्यूनीकरणका लागि सामाजका सबै नागरिक सचेत र जिम्मेवारी हुनुपर्ने कार्यक्रममा मुख्य रुपमा उठाइएको बिषय बस्तु रहेको छ् ।

कार्यक्रममा अस्थायी प्रहरी चौकी महाकाली झोलुङ्गे पुलका ईन्चार्ज तथा असई भुवन सिंह धामी, प्रहरी हवल्दार खेम सिंह बिष्ट र माईती नेपाल कञ्चनपुरका लक्ष्मी गुरुङ्गले दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रको अवस्था, मानव बेचबिखन हुने प्रवल सम्भावना तथा बिशेषत : युवाहरु लागुऔषध दुव्र्यसनीको लतमा फस्दै गएको अवस्थाको बारेमा जानकारी गराईएको थियो ।

ताजा समाचार