दोधारा चाँदनीमा शारिरिक अपांगता सहायक सामग्री चेकजाँच शिविर

दोधारा । दोधारा चाँदनीमा शारिरिक अपांगता भएकाहरुलाई सहायक सामग्री चेकजाँच शिविर सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघको शारिरिक अपांगता पुनरस्थापना सेवा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका कार्यालयमा एक दिने शारिरिक अपांगता भएकाहरुलाई सहायक सामग्री चेकजाँच शिविर सम्पन्न भएको नेपाल राष्ट्रिय समाज कल्याण संघको शारिरिक अपांगता पुनरस्थापना सेवाका बरिष्ठ आर्थिक श्रोत संकलन अधिकृत टेक बहादुर बुढाले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा संचालन भएको उक्त शिविरमा दोधारा चाँदनीको झण्डै ३० जना शारिरिक अपांगता भएका ब्यक्तीहरुले सहायक सामग्रीको लागी चेकजाँच गराएका नेपाल राष्ट्रिय समाज कल्याण संघको शारिरिक अपांगता पुनरस्थापना सेवाका बरिष्ठ आर्थिक श्रोत संकलन अधिकृत टेक बहादुर बुढाले बताएका छन् ।

अपांता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई सहायक सामग्री प्रदान गर्न दोधारा चाँदनीमा शिविर संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । सहायक सामग्री चेकजाँच पछि उनिहरुलाई केही महिनामा सहयाक सामग्री बितरण गर्ने कार्यक्रम रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघको शारिरिक अपांगता पुनरस्थापना सेवाले जनाएको छ् ।

शिविरमा नेपाल राष्ट्रिय समाज कल्याण संघको शारिरिक अपांगता पुनरस्थापना सेवाका बरिष्ठ आर्थिक श्रोत संकलन अधिकृत टेक बहादुर बुढा, फिजियोथेरापिष्ट अमित कुमार यादव, फिजियोथेरापिष्ट सहायक ममता नगरि, कृत्रिम हात खुट्टा निमार्ण गर्ने बिज्ञ कृष्णराज भट्ट, कृत्रिम हात खुट्टा निमार्ण गर्ने सहायक मिलन राना लगाएत टोलीको सहभागिता रहेको थियो ।

ताजा समाचार