जंगली हात्तीले घर भत्काएकालाई वडाध्यक्ष सुनारले घर निमार्ण गर्ने घोषणा संगै उपमेयर जोशीले खाद्यान्न उपलब्ध गराउने

दोधारा । दोधारा चाँदनीमा जंगली हात्तीले भविसरा कामीको घर भत्काईदिएपछि बिचल्लीमा परेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ सुर्खेती टोलमा रहेको भविसरा कामीको घर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती भित्रिएको जंगली हात्तीले भत्काउनुको साथै घर भित्र रहेको अन्नपात, लत्तकपडा नष्ट गरेपछि भविसरा कामी बिचल्लीमा परेका हुन् । हात्तीले घर भत्काईदिएपछि कामी छिमेकीको शरणमा बस्न बाध्य रहेको स्थानियहरुले बताए । दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा जंगली हात्तीले आतंक मच्चाउदै आए संगै जंगली हात्ती समय समयमा दोधारा चाँदनी नगरपालिकाको मध्य वडाहरुमा समेत भित्रिएर घर तथा अन्नपातको क्षती गर्दै आएको छ् ।

आर्थिक अवस्था निकै दैनिय रहनुको साथै बिरामी अवस्थामा रहेका भविसरा सुनार आफ्नो सबै थोक हात्तीले नष्ट गरेको बताउदै सहयोगको लागी सबैमा अनुरोध गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगरउपमेयर गंगा देवी जोशी, वडा सदस्य गगन बहादुर सिंह लगाएतको टोलीले भविसरा कामीको हात्तीले भत्काएको घर तथा क्षतीको स्थलगत अनुगमन गरेका छन् । यस अघि दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले समेत स्थलगत अनुगमन गरि कर्कटपाता सहितको घर निमार्ण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

दोधारा चाँदनी नगरपालिकाका नगरउपमेयर गंगा देबी जोशीले आर्थिक अवस्था कमजोर भएका भविसराको जंगली हात्तीले घर भत्काएको खबर पाए संगै क्षतीको अवस्था बुझ्न आएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा बेला बखत वन्यजन्तुले क्षती गरेको बिषयमा नगरपालिका कार्यालय गम्भिर भएको बताउदै नगरपालिकाले क्षती भएकाहरुलाई सहयोग र आतंक न्युनिकरण गर्न बिभिन्न उपायहरु अपनाउदै आएको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा बिगत लामो समय देखि भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीले स्थानियहरुलाई दिदै आएको पिडाको बारेमा समेत नगरपालिकाले हात्ती आतंक न्युनिकरणको लागी पहल थाल्दै आएको बताएका छन् ।

आर्थिक अवस्था दैनिय रहेको भविसरालाई वडा कार्यालय घर निमार्ण गरिदिने र नगरपालिका कार्यालयबाट खाद्यान्न उपलब्ध गराउने नगरउपमेयर जोशीले बताए । दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले वडा कार्यालयको निर्णय अनुसार चाडै भविसराको कर्कटपाता सहितको घर निमार्ण गरिने बताएका छन् ।

‘वडाध्यक्ष भक्त बहादुर सुनारज्यु कार्यालयको कामले काठमाण्डौं जानु भएको छ्, आउना साथ वडा कार्यालयबाट भविसराको घर निमार्ण गर्ने तयारीमा छौं’ दोधारा चाँदनी नगरपालिका–४ का वडा सदस्य गगन बहादुर सिंहले भने– ‘भविसराको आर्थिक अवस्था निकै दैनिय रहेको कारण वडाध्यक्षजी र हाम्रो योजना अनुसार घर निमार्ण गर्न लागेका हौं । ’

ताजा समाचार