स्थानिय तहका शिक्षा तथा महिला बालबालिका शाखा प्रमुख संग समन्वय बैठक

झलारी : सामाजिक विकास कार्यालय कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकामा कञ्चनपुरका नौ वटै स्थानिय तहका शिक्षा तथा महिला बालबालिका शाखा प्रमुखहरुको सहभागीतामा समन्वय बैठक सम्पन्न गरेको छ । सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीको अध्यक्षतामा कार्यबाहक नगर प्रमुख कल्पना पन्तको प्रमुख आथित्यमा बैठक सम्पन्न भएको हो ।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकाले पहिलो, दोश्रो र तेश्रो चौमासिकमा गरेका कामको जानकारी सहितको समिक्षा गरिएको छ । आगामी आबमा राख्नु पर्ने योजना तथा चौथो चौमासिकमा गर्ने कामहरुको कार्यान्वयन गर्ने सम्बन्धमा सहकार्य गरेर अगाडी बढने बैठकका सहभागीहरुले प्रतिवद्धता व्यक्त गरेको कार्यालय प्रमुख जोशीले बताउनु भयो ।

तीन वटै स्थानिय, प्रदेश र संघ सरकार विच समन्वय कायम गर्न बैठकले सहयोग पुरयाउने उहाँको भनाई रहेको छ । बैठकमा नौ वटै पालिकाका महिला बालबालिका शाखा प्रमुखहरु, शिक्षा शाखा प्रमुखहरु, शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार