कञ्चनपुरका पत्रकारहरूले हाेली खेलेर जुटेकाे रकमबाट अनाथालयमा शैक्षिक र खेलकूद सामाग्री वितरण

केशब थापा / कञ्चनपुर– जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरूले होली खेलेर अनाथालयलाई शैक्षिक सामाग्री दिएका छन् । हाेलि खेलेर जुटाएको केही रकम मध्ये अनाथालयमा शैक्षिक र खेलकुद सामग्रीहरू वितरण गरेको हुन । आज बुधबार कार्यक्रम आयोजना गर्दै कञ्चनपुरका क्रियाशील पत्रकारहरुले होली खेलेर संकलन भएको रकमबाट महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयका बालकालिकाहरुलाई शैक्षिक र खेलकुद सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

पत्रकारहरुले समाजिक कार्य गने उदेश्यले होली खेलेको केही रकमबाट अनाथानालयमा शैक्षिक र खेलकुद सामग्रीहरू जस्तै,भलिवल,नेट, व्यटव्यन्डिज, फट्टा,कवर, औजार बक्स,कलम,स्केल,पेपर लगायत मिठाई वितरण गरिएको पत्रकार राजेन्द्र अवस्थीले बताए । उनले भने‘ कञ्चनपुरका पत्रकारहरुले रमाइलोको लागि यसपाली पहिलो पटक होली खेलेको केही रकमबाट हामीले अनाथालयमा बालबालिकाहरूलाई शैक्षिक र खेलकुद सामग्रीहरू वितरण गरेका छौँ, उनले भने, “बाँकी रकमले भोलि बृद्धाश्रममा कार्यक्रम राखेका छौं ।

केही रकम पत्रकारहरुलाई अध्ययन अवलोकन भ्रमणको लागि पनि खर्च छुट्याएको बताएका छन् शैक्षिक र खेलकुद सामग्रीहरू वितरण कार्यक्रममा पत्रकारहरु, महिला अधिकारकर्मी, अनाथालयका अध्यक्ष लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो । पत्रकारहरुले पहिलो पटक उक्त वितरण गरेको थियो ।

ताजा समाचार