भीमदत्त नगरपालिका ८ तिलाचौरमा वडा स्तरिय भलिबल प्रतियोगिता हुने

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा वडा स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । न्यू हिमालयन समाजिक सेवा समितिले वडा स्तरिय भलिबल प्रतियोगिता संचालन गर्न लागेको हो । चैत्र अन्तिम सातादेखि त्रिभुवन मावि तिलाचौरको प्राङगणमा भलिबल प्रतियोगिता संचालन गर्न लागेको जनाएको छ । न्यू हिमालयन समाजिक सेवा समितिका अध्यक्ष नारायण सिह विष्टले नयाँ बर्षको पुर्व सन्ध्या र न्यू हिमालयन समाजिक सेवा समितिका संस्थापक विपी मिश्रको स्मृतिमा उक्त प्रतियोगिता संचालन गर्न लागेको बताए । अध्यक्ष विष्टका अनुसार वडा स्तरिय हुने खुला भलिबल प्रतियोगिताको तयारी तिव्र रुपमा अघि बढिरहेको छ । २४ चैत्रदेखि ३०सम्म संचालन हुने प्रतियोगितामा हालसम्म ४÷५टिम दर्ता भईसकेको र बाँकी टिम आउनेक्रम जारी रहेको छ ।

‘हामीले भीमदत्त नगरपालिका सबै वडाहरुमा पत्राचार गरेका छौँ, ‘अध्यक्ष विष्टले भने, ‘१४ भन्दा माथि नै टिम आउने अपेक्षा छ ।’ टिम दर्ता शुल्क १० हजार राखिएको छ । न्यू हिमालयन समाजिक सेवा समितिका सचिव पदम आग्रीले युवाहरुलाई खेलकुदप्रति आकर्षण गराउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । न्यू हिमालयन समाजिक सेवा समितिका सह सचिव पदम धामीले वडाको खेलकुद विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । न्यू हिमालयन समाजिक सेवा समितिका उपाध्यक्ष संगिता भण्डारीले विगतमा पनि खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको यस पटक भलिबल गर्न लागेको बताए ।

खेल संयोजक नरेन्द्र रावलले सम्बन्धीत टिम आफैले यूनिफम प्रबन्ध गर्नुपर्ने बताए । उनका अनुसार प्रथम हुने टिमलाई नगद ५०, द्वितिय हुने टिमलाई नगद २५ नगद सहिद ट्रफि, मेडलका साथै उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिनेछ । भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले उक्त प्रतियोगिता सफल पार्नका लागि वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । वडाध्यक्ष मिश्रले वडामा रहेका क्लब, संघ संस्थाहरुले गर्ने विवित खेलकुद सहितका समाजिक कार्यक्रममा वडाबाट सक्दो सहयोग गरिने बताए । हरेक बर्ष न्यू हिमालयन समाजिक सेवा समितिले विवित खेलकुदका साथै समाजिक काम गर्दै आएपछि स्थानीय समेत हर्षित भएका छन ।

ताजा समाचार