दोधारा चाँदनी सबै वडामा निशुल्क आँखा शिविर, स्थानियहरु खुशी

दोधारा । दोधारा चाँदनी नगरपालिकामा निशुल्क आँखा शिविर संचालन भएको छ् । नेपाल च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धनगढी नेत्रालय प्रालि. र वडा कार्यालयको सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजनामा आज विधिवतरुपमा निशुल्क आँखा शिविरको समउद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ देखि १० सम्मका वडाहरुमा नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजनामा निशुल्क आँखा शिवर संचालन भएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीले वडा नं. १ देखि ५ सम्म वडाहरुमा निशुल्क आँखा शिवर सम्पन्न गरेको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीले जनाएको छ् । आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडामा आँखा उपचार सेवा पुर्‍याउने लक्ष्यका साथ आँखा शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापती राजेन्द्र मल्लले बताएका छन् ।

‘दोधारा चाँदनी नगरपालिका– ६ देखि वडा नं. १० सम्म वडाहरुमा शिविर संचालन गरेका छौं’ नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापती राजेन्द्र मल्लले भने । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आँखाको समस्या भएका रोगीहरुको संख्या बढी रहेको हुदा वर्षेनी निशुल्क आँखा शिविर संचालन हुदै आएको उनले बताए । आँखाको समस्याको कारण भारत लगाएत टाढा तथा महंगा अस्पतालमा गएर उपचार गर्न समस्या हल भएको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आँखाका रोगीको संख्या बढ्दो रहेको बताउदै नगरउपप्रमुख जोशीले आगामी दिनमा आफ्नो बजेटबाट निशुल्क आँखा शिविर संचालनको प्रतिबद्धता ब्यक्त गरेका छन् ।

आँखामा मोतियाबिन्दु, जलबिन्दु, आाखामा मासु पलाएका रोगीहरुलाई छनौट गरि धनगडी नेत्रालय प्रालि. आाखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको नगरउपप्रमुख जोशीको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका– १ देखि ५ वडा सम्ममा १ हजार ३ सय ६९ जना आँखामा समस्या भएकाहरुले आँखा जाँच गरेका छन् । यस्तै शिविरमा निशुल्करुपमा २ सय ८५ जनालाई चश्मा बिरतण गरिएको र १ सय ९८ जना आँखाका रोगीहरुलाई शल्यक्रियाको लागी सिफारिस गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीले जनाएको छ् ।

आँखा शिविर आउदो १६ गते सम्पन्न हुने छ् ।

ताजा समाचार