कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरका एक युवा नेता सामुदायिक विद्यालयको अध्यक्षमा चयन भएका छन । एमाले जिल्ला सदस्य प्रविन बोगटी बेदकोट नगरपालिका ६ सिसैया स्थित भुवनेश्वरी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन । मंगलबार अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बोगटी चयन भएको विद्यालयले जनाएको छ ।

यस अघि शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका बोगटीलाई अहिले अध्यक्षकै जिम्मेबारी पाईएको छ । बोगटीले सोही विद्यालयमा शिशु(कखरा)देखि कक्षा १०सम्म अध्ययन गरेका थिए । ०५९ सालमा एसएलसी उर्तीण गरेका बोगटी उच्च शिक्षा अन्यन्त्र क्याम्पस अध्ययन गरेका थिए । उनी आफैले कखरादेखि एसएलसीसम्म अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । बोगटी आफैले सोही विद्यालयमा आफुले अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तरदेखि विद्यालयको भौतिक प्रगतिका कामकाज अघि बढाउने बताए ।
