कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको ९ औँ अधिवेशन सम्पन्न भएको छ । १ चैत्रदेखि शुरुवात भएको एमाले कञ्चनपुरकोे अधिवेशन सम्पन्न भएको हो । यस पटक नेतृत्व, पदाधिकारी सहित जिल्ला सदस्य समतीय आधारमा टुङग्याईएको छ । एमाले जिल्ला सदस्यमा चयन भएका अधिकाँस एमाले पृष्टभूमि केही पुर्व माओवादी र समाजवादीबाट फर्किएका नेता कार्यकर्ता नै छन । लेखा समिति, पदाधिकारी सहित १ सय १६ जिल्ला सदस्य मध्ये एक नाम हो । लाल बहादुर धानुक(लोकेश)कोे फरक परिचय छ । लोकेश पुर्व माओवादी पृष्टभूमिका मात्रै नभई माओवादी नेतृत्वमा शुरु भएको १० बर्षे जनयुद्धका कमाण्डर हुन । अहिले लोकेश एमाले जिल्ला सदस्यमा चयन भएका छन । उनी बेदकोट नगरको भूगोल खुलाबाट जिल्ला सदस्यमा चयन भएका हुन ।

बेदकोट नगरबाट चार खुला २ महिला सहित ६ मध्ये लोकेश पनि छनौट भएका छन । लोकेशले ०७८सालमा नेपाली सेनामा समायोजन नभई घर आएर कृषिसगै माओवादी राजनीतिमै होमिएका थिए । ०७५ सालमा नेकपा माअोवादी र नेकपा एमालेविच एकता भएपछि बनेको नेकपा ०७७मा अदालतको फैसलाले दुवै पाटीलाई अलग अलग अस्थित्वमा फैसला गरेपनि लोेकेश एमालेतिरै लागेका थिए । उनले आफुलाई पाईएको जिम्मेबारी निर्भकिताका साथ पुरा गर्ने बताए । ‘हिजोका दिनमा हामीले थुप्रै चुनौतीका विचपनि जनताकै सेवा गरियो, अहिले पनि जनताकै सेवा गर्छ, ‘उनले भने, ‘विगत र अहिलेको पाटी फरक भएपनि काम भने जनताकै लागि गर्ने हो ।’ पुर्व जनसेना कमाण्डर लोकेशले पाटी छाडेर अन्य पाटीमा जानु माओवादीका लागि चिन्ता र भएपनि पुर्व कमाण्डर पाउनु एमालेका लागि सुखत विषय भएको राजनीतिक जानकारहरुको भनाई छ ।

