बेलौरीको खुला मञ्चमा आयोजित दुई दिने बृहत होलि मिलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

माधब पौडेल /कञ्चनपुर: कञ्चनपुरको बेलौरी खुल्ला मञ्चमा “आफ्नो साँस्कृतिक आफैं बचाउ” भन्ने मुल नारा सहित  रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगरको आयोजना गरेको दुई दिने होलि मिलन तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ।  भलमन्सा तथा पधना समिति बेलौरी नगरको आयोजना नेपाल रानाथारु समाज,थारु कल्याणकारीणीको सहकार्य एवं बेलौरी नगरपालिका कार्यालयको प्रबर्द्धनमा दुई दिने होलि मिलन तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ। रङ्गहरुकाे पर्व हाेली रानाथारु समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन । रानाथारु समुदायको महान चाड हाेली पर्वकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना भएको रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितीका अध्यक्ष सुरेश कुमार बडायकले जानकारी दिनुभयो।

कार्यक्रमको सभापतित्व रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितिका अध्यक्ष सुरेश कुमार बडायक,प्रमुख अतिथि संविधानसभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,बिशिस्ट अतिथिमा कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना,नेपाल  रानाथारु समाजका कैलालीका अध्यक्ष लाल बहादुर राना नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना ,बेलौरी नगरपालिका जनप्रतिनिधि लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य एवं सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले सम्पुर्ण समुदायमा रङ्गहरुको पर्व होलिको शुभकामना ज्ञापन गर्दै रानाथारुको भाषा सस्कृतीका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो।

कार्यक्रमको समापनमा बोल्दै रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितिका अध्यक्ष सुरेशकुमार बडायकले कार्यक्रम सहभागिता जनाउने सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्दै  रानाथारु समुदायले प्रमुख चार्डपर्वका रूपमा मनाउने होलि पर्व भएकाले हर्षाेल्लासका साथ मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा बेलौरी नगरपालिका भित्रका १६ वटा टिमले होलिमिलन कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रममा रानाथारु समुदायको पहिरन सहितको हाेली नाच प्रदर्शनी गरिएको थियो।कार्यक्रममा कञ्चनपुरका रानाथारुका कलाकार,सञ्चारकर्मी हरुलाई सम्मान र कार्यक्रममा उपस्थित प्रमुख अतिथि,बिशिस्ट अतिथीहरु लाई मायाको चिनो प्रदान गरिएको अध्यक्ष बडायकले जानकारी दिनुभयो । समापन समारोहको सञ्चालन श्रीशा रानाले गर्नुभएको थियो।

ताजा समाचार