विश्व पानी दिवस : महाकाली नदीमा ¥याफ्टिङ्ग, महाकाली बहुउपयोगमा जोड

कञ्चनपुर: सरोकारवालाहरुले महाकाली नदीको बहुउपयोग गर्दै आर्थिक विकासमा जोडदिएका छन । शुक्रबार भीमदत्त नगरपालिकाले आयोजना गरेको विश्व पानी दिवस कार्यक्रममा सहभागि सरोकारवालाहरुले महाकाली नदीको बहुउपयोगमा जोडदिएका हुन । महाकाली नदीको बहुपयोग गर्दै आर्थिक सम्बृद्धिमा लगाउनुको विकल्प नभएको धारणा समेत व्यक्त गरेका छन । ‘विश्व शान्तिका लागि पानीको समन्यायिक पहुँच’ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिकाले निड्स नेपाल सहितका साझेदारी संस्थासंग महाकाली तटिय क्षेत्र खल्लामछेट्टीमा आयोजना गरेको महाकाली रिर्भर महोत्सव कार्यक्तममा सरोकारवालाहरुले महाकाली नदीको बहुउपयोगमा जोडदिएका हुन । कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटीले उत्तर हिमालयबाट बगेर आउने महाकाली नदीको प्राकृतिक रुपमा उपयोग गर्नका लागि नगरपालिकाले हरप्रयास गर्ने बताए । मेयर बोगटीले चुरेदेखि समथर भागसम्म महाकाली नदीमा साहसिक जलयात्रा समेत सम्भावना भएको बताए ।

‘भीमदत्त नगरपालिकाले विगतमा पनि साहसिक जलयात्रा गरेको र अहिले पनि सफल गरेको छ, ‘यस खल्लामछेट्टी क्षेत्रमा पर्यापर्यटनका लागि महाकाली नदी निकै उपयोगी छ ।’ निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले महाकाली नदी ज्यादै सम्भवाना बोकेको नदी भएकाले त्यसको बहुुमुखी प्रयोग गर्दै आर्थिक, समाजिक, साँस्कृतिक विकासमा जोडदिए । उनले अबको ५०औँ बर्षपछि पानीकै लागि युद्ध हुने विज्ञहरुको भनाईलाई उदृत गर्दै पानी मानवविय जिवनका लागि निकै महत्वपुर्ण भएको बताए । उनले कञ्चनपुर खण्डमा महाकाली नदी ¥याफटिङ्गका लागि निकै सम्भावना भएकाले पर्यापर्यटनमा जोडदिए । नेपाल ¥याफ्टिङ्ग एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारीले जलयात्राका लागि महाकाली निकै सम्भावना बोेकेको नदी भएकाले त्यसको प्रर्बद्धनका लागि तीनै तहका सरकार जिम्मेबार हुनुपर्ने बताए । ‘यो महाकाली नदी हरेक दृष्ट्रिकोणबाट प्रसस्त सम्भवाना बोकेको नदी हो, ‘उनले भने, ‘यहाँ विश्वकै ¥याफ्टिङ्ग गर्ने लगाउनीकर्ता भित्र्राउनुपर्छ ।’ भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले महाकाली नदीको आवश्यक उपभोग गर्दै अघि बढ्नुपर्नेमा जोडदिए । कृष्णपुर नगरका मेयर हेमराज ओझाले महाकाली नदी आफैमा महत्वपुर्ण नदी भएकाले यसको सिँचाईदेखि थुप्रै विकासमा उपभोग गरेर सम्बृद्धिका क्षेत्रमा जोड्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महाकाली नदी थुप्रै सम्भावना बोकेको नदी भएकाले यसको दिगो उपभोग गर्दै आर्थिक विकासमा जोडदिए । मुख्यमन्त्री शाहले ¥याफ्टिङ्ग सहितका सबै सम्भावनाका लागि लगानीका क्षेत्र भित्र्राउने समेत आश्वासन दिए । यस अघि ०७८सालमा समेत भीमदत्त नगरपालिकाले साईलेन्टर रिभरदेखि खल्लामछेट्टीसम्म सहासिक जलयात्रा गरिएको थियो । अहिले पनि गरिएको छ । यसबाट समेत डडेल्धुराको पशुरामदेखि कञ्चनपुरको खल्लामछेट्टीसम्म महाकाली नदी ¥याफ्टिङ्गका लागि सफल परीक्षण गरिएको र भावि दिनमा समेत निरन्तरतामा सरोकारवालाहरुले जोडदिए । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी जगदिशचन्द्र भट्टले व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन समेत ¥याफ्टिङ्गबाटै पर्यटन बृद्धि विकास हुने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाको सहभागिता रहेको थियो ।

ताजा समाचार