शुक्लाफाँटा नगरमा परीक्षा संचालनमा यस्तो लार्पबाही

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा परीक्षा सञ्चालनमा चरम लापरबाही भएको भेटिएको छ । नगरपालिका भित्रका समुदायीक विद्यालयमा संचालन भैरहेको कक्षा १ देखी ९ सम्मका विभिन्न बिषयको परिक्षा मनोमानी ढंगले सञ्चालन गरिएको छ । नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा बसेको बैठकले गठन गरेको नगर स्तरिय परिक्षा समितिले सबै विद्यालयहरुमा एउटै प्रश्न पत्र तयार पारेको थियो । परिक्षा समितिले यसै बर्षको चैत्र २ गतेबाट ९ गते सम्म परिक्षा गर्ने निर्णय गरेको थियो । तर नगरपालिका भित्र पर्ने प्रसिद्ध मणीकाधामको मेलामा हरेक बर्ष स्थानिय विदा दिने गरेकोमा परिक्षा समितिले विदा नराखी निरन्तर परिक्षाको तालिका सार्वजनिक गरेको थियो । नगरपालिकाले भने मणिका धाम मेलाको एक दिने स्थानिय विदा दिएको थियो ।

चैत्र ६ गते विदा भए पछि ६ गते विद्यालहरुको परिक्षा भने स्थगित गरि परिक्षा तालिकामा हेरफेर गरिएको थियो । परिक्षा समिति संयोजक रहेकी लक्ष्मी थापा ऐर प्रधानाध्यापक रहेको विद्यालय भने पुरानै तालिका अनुसार नियमित परिक्षा संचालन भएका छन । नगर भरीका सबै ३२ वटा सामुदायिक विद्यालयमा परिक्षा एकरुपता ल्याउने भन्दौ एउटै प्र्रश्न पत्रमा परिक्षा हुँदै गर्दा कृष्ण माविमा पुरानो र अरु सबै विद्यालयमा नयाँ हेरफेर गरिएको परिक्षा तालिका अनुसार परिक्षा हुदाँ एउटै प्रश्न पत्रको अघि पछि परिक्षा भएका छन् । कृष्ण माध्यमिक विद्यालय झलारीका प्रधानाध्यापक लक्ष्मी थापा ऐरले परीक्षा सञ्चालनमा कमजोरी भएको स्वीकार गरेकि छन । फागुन २० गतेको वैठकको निर्णयमा मात्रै आफ्नो ध्यान गएको भन्दै अन्य विषयहरु समेत पछि हेरफेर हुँदा आफुलाई जानकारी नभएकोले परीक्षा सञ्चालन भएको बताइन् । वैठकमा ६ गतेको परीक्षा १० गते गर्ने भन्ने निर्णय भएको थियो ।

सोही अनुसार विद्यार्थीहरुलाई परीक्षा तालिका जानकारी गराइयो । परीक्षा समिति सदस्य कृष्ण माविका शिक्षक रामदत्त जोशीले अन्य विषयहरु समेत हेरफेर गर्नुभएको रहेछ, उनले भनिन् । त्यस विषयमा मलाई जानकारी नै गराइएन । त्यसैले परीक्षा सञ्चालनमा त्रुटी हुन गयो । परिक्षा दिने परिक्षार्थीहरुले पनि परिक्षा तालिका हेरफेर हुदाँ अन्योलका बिचमा परिक्षा दिनुपरेको गुनासो गरेका छन् । नयाँ परिक्षा तालिका अनुसार चैत्र १० गते सम्म परिक्षा संचालन भैरहेको छ । यता शुक्लाफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेश प्रसाद भट्टले नयाँ संसोधित तालिका अनुसार कृष्ण माविमा परीक्षा सञ्चालन नहुँदा समस्या देखिएको बताए । उनका अनुसार अन्य विद्यालयहरुमा भने संसोधित तालिका अनुसार नै परीक्षा सञ्चालन भइरहेको छ । ६ गते नेपालीको परीक्षा थियो । अभिभावक समेत रहेका पुर्व जनप्रतिनिधी जगत सिहले यस्तो गम्भिर त्रृटी लज्जास्पद भएको बताए ।

ताजा समाचार