दोधारा । बडुवाल टोलमा स्थानियबासी र बिदेशी नागरिहरुले नाच्दै, रमाउदै बिद्यालयको भवन निमार्ण गर्न जनश्रमदानमा जुटेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा रहेको गणेश आधारभुत बिद्यालयमा ३ कोठे बिद्यालय भवन र २ कोठे शौचालय निमार्णको निम्ती अभिभावक र बिदेशी नागरिकहरु जनश्रमदानमा जुटेका हुन् । विल्डअन नेपाल र एससिवीको सहयोगमा गणेश आधारभुत बिद्यालयमा ३ कोठे बिद्यालय भवन र २ कोठे शौचालय निमार्ण कार्य थालिएको हो । उक्त कार्यमा अमेरिका, युके, क्यानेडा लगाएत ९ देशका नागरिक तथा स्थानिय अभिभावकहरुले जनश्रमदान गर्दै छन् ।

उक्त कार्यमा अभिभाव र २० जना बिदेशी नागरिकहरुले जनश्रमदान गरेको विल्डअन नेपालका सहायक निर्देशक झरना बमले जानकारी दिएका छन् । बडुवाल टोल दोधारा चाँदनी नगरपालिकाको बिकट तथा हात्तीपिडित क्षेत्र हो । बिद्यालय भवन पुरानो भएर चुहिएर बस्नै नसक्ने अवस्थालाई मध्यनजर राख्दै विल्डअन नेपालको रु. ३० लाख, ८ हजार ६ सय १९ रुपिँया, दोधारा चाँदनी नगरपालिका तथा समुदायको रु. १३ लाख १४ हजार ७ सय ६४ रुपिँया गरि जम्मा रु. ४३ लाख २३ हजार ३ सय ८४ रुपिँया ५४ पैसाको कुल लागतमा बिद्यालयको भवन तथा शौचालय निमार्ण कार्यको थालनी गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताए ।
