बैद्य क्रान्तिकारीद्वारा दलित छात्राबासको भवनमा रहेको सहकारी खाली गराउन कालोब्यानर

कञ्चनपुर: अखिल क्रान्तिकारीले महेन्द्रनगर नगरविकास समितिको जमिनमा निर्माण भएको दलित छात्राबासको भवनमा रहेको सहकारी खाली गर्नुपर्ने माग अघि सारेर कालो ब्यानर लगाएको छ । बैद्य निकट क्रान्तिकारीले बिहीबार महेन्द्रनगर नगरविकास समितिको जमिनमा निर्माण भएको दलित छात्राबासको भवनमा रहेको सहकारी खाली गर्नुपर्ने माग अघि सारेर कालो ब्यानर लगाएको हो ।

क्रान्तिकारी सुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले नगरविकास समितिको जमिन अवैध रुपमा लिएर दलित छात्राबास राखेको र उक्त छात्राबासमा विद्यार्थी राख्नुको साटो नव विकल्प बहुउदेश्यीय सहकारी सात दिन भित्र खाली गर्न माग अघि सारेर कालो ब्यानर टाँसिएको बताए । क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) पाटी सहित उक्त पाटीको भातृ संघ संगठनहरुले नगरविकास समितिको जमिनमा निर्माण भएका सरचना खाली गराउन माग अघि सार्दै आएको छ ।

ताजा समाचार