कञ्चनपुर : आर्दश नेपाल कञ्चनपुरले बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा विवित कार्यक्रम गरेको छ । भीमदत्त नगरपालिका ३भाँसी महेन्द्रनगरमा रहेको आर्दश नेपाल कञ्चनपुरले बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा विवित कार्यक्रम गरेको हो ।

आर्दश नेपाल कञ्चनपुरका सचिव मिना कुँवरले ९चैत्रमा हुने आर्दश नेपाल २६औँ बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा खेलकुद सहितका विवित कार्यक्रम गरिएको बताए ।
खेलकुद संयोजक समेत रहेकी कुँवरले आर्दश नेपालका पदाधिकारी, सदस्यहरुका लागि पृथक कार्यक्रम गरिएको बताईन । मेधावी विद्यालयको खेलमैदानमा खेलकुद प्रतियोगिता सम्पन्न भएका छन । मंगलबार÷बुधबार गरेर खेलकुद प्रतियोगिता भएका हुन । महिला तर्फ कबड्ी घैटाफोड, म्युजिकल चेयर,बेलुन ब्लाष्टिङ, बत्ती काट्ने, एकसय मिटरको दौड, पुरुष तर्फ पनि कबड्ी घैटाफोड, लमजम्प, म्युजिकल चेयर, म्युजिकल चेयर, स्लो मोटरसाईकल रेस सहितका प्रतियोगिता भएका छन । प्रतियोगितामा विजेताहरुलाई शुक्रबार बार्षिक साधारण सभामा पुरस्कार प्रदान गरिनेछ ।
भीमदत्त नगरपालिका ३की वडा सदस्य समेत रहेकी आर्दश नेपालकी सचिव एव खेलकुद संयोजक कुँवरले संस्थाको बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा पृथक कार्यक्तम गरेर दिवस मनाउन लागेको बताईन । उक्त प्रतियोपगता कार्यक्रममा आर्दश नेपालका पुर्व अध्यक्ष एव सल्लाहकार लिलाध्वज बस्नेत, अध्यक्ष गणेश बोहरा, सदस्य दिपेन्द्र साउद, राहुल भट्ट, आर्दश नेपालका अगुवा महाशर्मा न्यौपाने सहितका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।
