कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा रोयल्टी नकाटेका टेक्टर नियन्त्रणमा लिईएको छ । बेदकोट नगरका विभिन्न नदीखोलाबाट नदीजन्य पदार्थ (ग्राभिल,ढुङ्ग) ओसारी रहेका चार टेक्टर नियन्त्रणमा लिएको हो । राष्ट्रिय स्वतन्त्र पाटी बेदकोट नगरका नेता कार्यकर्ताहरुले नगरमा भईरहेको मापदण्ड विपरित उत्ख्ननदेखि गैर कानुनी गतिबिधी नियन्त्रणमा चासो दिदै आएको छ ।
रास्वपा बेदकोट नगरका नेता तेज ठकुल्लाले रोयल्टी नकाटेका दुई र पुरानो रोयल्टी काटेर ग्राभिल ओसारिरहेका टेक्टर नियन्त्रणमा लिएर दैजी प्रहरी चौकीलाई बुझाएको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले नियन्त्रणमा लिएका टेक्टर कार्बाहीका लागि नगरपालिका पठाउने बताए ।
