क्याप्टेन बेद उप्रेतीको भु–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक विर्मश

कञ्चनपुर: आकासमा जहाज उडाउने क्याप्टेन बेद उप्रेतीले भु–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका छन । क्याप्टेन उप्रेतीले हालै भु–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका हुन । क्याप्टेन उप्रेतीले सुदूरपश्चिम क्षेत्रका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई उजागर गर्दै उक्त पुस्तक लेखेका छन ।

क्याप्टेन बेद उप्रेतीले सुप प्रदेशका पर्यटकीय गन्तव्यको अहिलेको वास्तविक अवस्था र परिकल्पना गरेर भावि सम्बृद्धि बनाउन सकिने योजना अघि सारेका छन । नेपाली अग्रेजी दुवै भाषामा पाईलटको दृष्ट्रिकोण, सुपको परिचय, सपना, ईतिहास, अर्थ व्यवस्था, व्यापार, खुला सीमाका अवसर, विश्वप्यापीकरण, गरिबी, उपेक्षा ईतिहास, सर्वश्रेष्ठ सम्भावना, अपिल विषयबस्तु राखेर फोटाहरु राखिएका छन । ‘आकासबाट एक पाईलटको आँखाले हेर्दा सुदूरपश्चिम ज्यादै सुन्दर सम्भावना बोकेको छ, ‘क्याप्टेन उप्रेंतीले भने, नीतिगत रुपमा विकास गर्न सके साच्चिकै सुदूरपश्चिम स्वर्ग नै बन्छ ।’ बुधबार महेन्द्रनगरमा एक कार्यक्रमका विच उक्त पुस्तकको बिमोचन गरिएको छ । भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीले उक्त किताबको बिमोचन गरेका हुन । भु–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तकले यस क्षेत्रको सम्बृद्धि बोकेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले क्याप्टेन बेद उप्रेतीले ल्याएको पुस्तक अनुरुप सरकारले योजना ल्याउँदा सुप प्रदेश पर्यटकीय गन्तव्यले सम्बृद्धि बन्ने बताए । बेदकोट नगरका मेयर भोजराज बोहराले नीतिगत रुपमै परिर्वतन ल्याएर अघि बढ्नुपर्नेमा सुझाव दिए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले क्याप्टेन उप्रेतीले ल्याएको पुस्तक ज्ञानले भरिभराउ भएको बताए । नेपाली सेनाका सहायक रथी मनोज थापाले उक्त पुुस्तकले सुदूरको विकास झल्काएको बताए । क्याप्टेन उप्रेतीले यस अघि पनि क्याप्टेन उप्रेतीले विभिन्न पुस्तक निकालेका थिए । महेन्द्रनगमा म्यूजियम राखेका छन ।

ताजा समाचार