कञ्चनपुर : कञ्चनपुरको भिमदत्तनगरपालिकामा योजना तर्जुमा प्रक्रियामा बिपद ब्यबस्थापन तथा जलबायु उन्मुलन मुल प्रवाहिकरण सम्बन्धि अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुर र डिसिएको प्राबिधिक सहयोग र भिमदत्त नगरपालिकाको आयोजनामा आज उक्त गोष्टि सम्पन्न भएको हो । गोष्टिमा जनताको आवश्यकता र माग, ग्रामिणमुखि र विपद ब्यबस्थापन तथा जलबायु उन्मुलनमा बजेटको प्राथमिकिकरण लगायतका बिषयमा छलफल भएको छ । आगामि बजेटमा विपद ब्यबस्थापन, जलवायु उन्मुलन, नगरका स्थानियहरुको माग अनुसारका योजनालाई समेट्न आग्रह गरीएको छ ।
कार्यक्रममा बोल्दै भिमदत्तनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश कुमार बमले भिमदत्त समेत बिपदजन्य जोखिममा रहेको नगरपालिका भएकाले आगामि आर्थिक बर्ष २०८१/०८२ को बजेटमा सो कुरालाई ध्यानमा राख्दै स्थानियको माग अनुसार बजेट बिनियोजन गरीने बताउनु भएको छ । बजेट निर्माणको पुर्वसन्ध्यामा योजना तर्जुमा प्रक्रियामा विपद ब्यबस्थापन तथा जलवायु उन्मुलन मुल प्रवाहिकरण लगायतका बिषय संग सम्बन्धित अभिमुखिकरण गोष्ठि महत्वपुणर् रहेको उहाँले बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरले भिमदत्त लगायतका स्थानियतहलाई स्थानिय सरोकारका बिषयमा पुनतार्जकि प्रदान गर्ने महत्वपुणर् काम गरेको भन्दै उहाँले प्रशंसा समेत भएको छ ।
विपद जन्य जोखिम न्यनिकरण र जलवायु परिवर्तनका कारण आम मानब समुदाय र अन्य प्राणिले अनेकन समस्याहरु भोग्नु परेकोले जलवायु परिवर्तनका असरहरुलाई रोक्न सामुहिक प्रतिबद्धता र सहयोग आबश्यक रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनु भएको छ । उहाँले स्थानिय सरकार जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकार भएकोले स्थानिय सरकारले पहुँचको भरमा भन्दा आमसर्बसाधारणको आवश्यता र माग अनुसार बजेटको बिनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा भिमदत्तनगरपािलकाका १९ बटै बडाका सचिव तथा भिमदत्तनगरपालिकामा कार्यरत बिभिन्न साखाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुर र डिसिएका कार्यक्रम संयोजक तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)