दार्चुला समाजको पदभार ग्रहण कञ्चनपुर

दार्चुला : दार्चुला समाज कञ्चनपुरको पदाधिकारी सदस्यमा चयन भएका पदाधिकारी एव सदस्यहरुलाई पदभार ग्रहण गराईएको छ । गत शनिबार दार्चुला समाज कञ्चनपुरको प्रथम अधिवेशन भएको थियो । प्रथम अधिवेशनबाट चयन भएका पदाधिकारी सदस्यहरुको बुधबार एक कार्यक्रमका विच पदभार ग्रहण गराईको छ ।

उनीहरुलाई निर्वाचन समितिले प्रमाण पत्रका साथ पदभार ग्रहण गराएको छ । दार्चुला समाज कञ्चनपुरको अध्यक्षमा भीम बहादुर साउद, उपाध्यक्ष भवानी प्रसाद पन्त सचिव निरन्जन प्रसाद बिष्ट, सह सचिव मनोज भट्ट, कोषाध्यक्ष विजयालक्ष्मी अवस्थी र सदस्यहरु इमहादेव जोशी, मोहन सिंह ठगुन्ना, पदम सिंह विष्ट, पुर्णिमा धामी, नर सिह बडाल, धर्मराज जोशी, सुरेन्द्र जोशी, जानकी जोशी, शान्ति चन्द सिंह, लक्ष्मी धामी, बिमला ओझा (भट्ट), जयराज भट्ट, यशोदा धामीमञ्जु गिरी, पुर्णनन्द जोशीलाई प्रमाण पत्रका साथ पदभार ग्रहण गराएको हो ।

दार्चुला समाजका पदाधिकारी एव सदस्यहरुले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै दार्चुलाको साँस्कृति, परम्पराको संरक्षणका जोडदिएका छन ।

ताजा समाचार