दोधारा चाँदनीको निशुल्क आँखा शिविर सम्पन्न, १३ सय बढी जनाको आँखा जाँच

दोधारा । दोधारा चाँदनी नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ् । नेपाल च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धनगढी नेत्रालय प्रालि. र वडा कार्यालयको सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीको आयोजनामा निशुल्क आँखा शिविर दोधारा चाँदनी नगरपालिका– १ देखि वडा नं. ५ सम्म सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सभापती गोपाल जोशीले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका– १ देखि ५ वडा सम्ममा १ हजार ३ सय ६९ जना आँखामा समस्या भएकाहरुले आँखा जाँच गरेका छन् । यस्तै शिविरमा निशुल्करुपमा २ सय ८५ जनालाई चश्मा बिरतण गरिएको र १ सय ९८ जना आँखाका रोगीहरुलाई शल्यक्रियाको लागी सिफारिस गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सचिव डम्मर दत्त भट्टले जानकारी दिएका छन् ।

आँखा शिविरमा निशुल्क औषधी समेत बितरण गरिएको छ् । चैत्र ३ गतेबाट दोधारा चाँदनीमा संचालन भएको निशुल्क आँखा शिविर संचालन गर्न सबैले सहयोग गरेको भन्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीले सबैमा धन्यबाद दिएको छ् । दोधारा चाँदनी नगरपालिका– १ माहाकाली आदर्श माबि, वडा नं. २ को हुनैनाथ मन्दिर नजिक, वडा नं. ३ को वडा कार्यालयमा, वडा नं. ४ को चाँदनी स्वास्थ्य चौकीमा र वडा नं. ५ को वडा कार्यालयमा निशुल्क आँखा शिविर संचालन भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सभापती गोपाल जोशीले बताएका छन् ।

आँखामा मोतियाबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका रोगीहरुलाई छनौट गरि धनगडी नेत्रालय प्रालि. आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सभापती गोपाल जोशीले बताए ।

ताजा समाचार

This will close in 10 seconds