अभिभावकसंग अन्तरकृया


कञ्चनपुर: कञ्चनपुरको एक संस्थागत विद्यालयले अभिभावकसंग अन्तरकृया गरेको छ । भीमदत्त नगरपालिका ३ भासी महेन्द्रनगरमा रहेको महाकाली मोर्डन पब्लिक स्कुलले सोमबार अभिभावकसंग अन्तरकृया गरेको हो । सोमबार भएकोे कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय प्रेरक क्षेत्रप्रसाद ज्ञवाली रहेका थिए । उनले बालबालिकाको मनोवैज्ञानिक तथा कसरी बालबालिकालाई शिक्षाको साथै संस्कार दिन सकिन्छ भन्ने बारेमा अभिभावकहरुलाई बताएका थिए । विद्यार्थीको कलिलो मस्तिष्कमा अभिभावकको आनी बानी र व्यवहारले पर्ने प्रभाव बारे बताएका थिए ।

महाकाली मोर्डन स्कुलका प्रिन्सिपल द्विजराज भट्टले विद्यालयले शिक्षक, अभिभावकसंग उत्प्रेरयणात्मक अन्तरकृया गरेको बताए । प्रिन्सिपल भट्टले विद्यार्थीको भविष्यका लागि उक्त कार्यक्रम गरिएको बताए । विद्यार्थीलाई असल बनाउनका लागि अभिभावकसंगै अन्तरकृयाकै माध्यमबाट अभिभावकलाई समेत जिम्मेबार बनाईने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img