बाल अनाथालयमा साहस आले मगरको पहिलो जन्मदिन मनाईयो

कञ्चनपुर : भीनपा–१६, आदिवासी शान्तिटोलका साहस आले मगरको पहिलो जन्मदिनको उपलक्ष्यमा महाकाली अञ्चल बाल अनाथालय रहेका बालकहरुलाई दिउसोको एक छाक खाना खुवाउनुको साथै कापी र डेटपेन हस्तान्तरण गरेका छन् ।

बुवा किषन आले मगर र आमा रेनु आले मगरले आफ्नो पहिलो सन्तानको पहिलो जन्मदिनको उपलक्ष्यमा बाल अनाथालयमा रहेका बालबालिकालाई एक छाक मिठो खाना खुवाएका छन् । ‘यसरी आफ्नौ हात बाट अनाथ रहेका बालकहरुलाई एक छाक खाना खुवाउन पाउदा आफुलाई सारै खुशी लागेको छ । यसरी सबै आमाबुवाले आफ्नो सन्तानको जन्मदिनको अवसरमा सबैले यहाँ रहेका बालकहरुलाई खाना खुवाए उनीहरुलाई पनि आमा बुवाको कमी महसुस हुने छैन्’ बुवा किषन आले मगरले बताए । आउदो दिन पनि यसरी नै खुशीको क्षणमा यहाँ रहेका बालकहरु सँग आफ्नो खुशी साट्ने आले मगरले बताए ।

ताजा समाचार