कञ्चनपुर : सातौ शुक्लाफाँटा पर्यटन महोत्सव २०८० मंगलबार बाट शुरु भएको छ । महोत्सव ८ गते विहीबार विहीबार सम्म विभिन्न कार्यक्रम गरी मनाइने छ । महोत्सवको पहिलो दिन आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको परिसरमा उद्यघाटन समारोह पछि निकुञ्जमा रहेको रानी तालमा सरसफाई तथा निकुञ्ज भम्रण गरी मनाइएको छ । आन्तरिक पर्यापर्यटनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । निकुञ्जमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि मङ्गलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव भएको हो । भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले यस वर्ष पनि सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरेको छ । भीमदत्तनगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले विगत वर्षको निरन्तरता गर्दै यस वर्षपनि महोत्सव शुरु भएको बताए ।

अनुसार पहिलो दिन शुक्लाफाँटा राष्टिूय निकुञ्जभित्र रहेको रानी ताल सरसफाइ गरेर पर्यटन महोत्सव सुरुवात गरिएको छ । दोस्रो दिन बुधबार पश्चिम सीमा नाका गड्डाचौकीमा पर्यटनको स्वागत, चरा अवलोकन, जङ्गलमा पैदल यात्रा, तेस्रो दिन मैत्रिपूर्ण फुटबल सञ्चालन हुने छ । पहिलो दिन पुरिदै गएको निकुञ्जभित्रको रानी तालमा सरसफाइ गरिएको छ । जेसिभीदेखि सरोकारवालाहरूले सरसफाइ गरेका हुन । बन्यजन्तुको खानेपानीका लागि रानी ताल सरसफाइ गरेको हो ।
महोत्सव उद्घाटन कार्यक्रममा सरोकारवालाले शुक्लाफाँटा निकुञ्जलाई पर्यटकीय हब बनाउनुपर्नेमा जोडदिएका छन । महोत्सव उद्घाटन कार्यक्रममा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।पर्यटन महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आर्थिक समृद्धिका लागि शुक्लाफाँटा निकुञ्जमा पर्यटन भित्र्राउनु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिसस प्रमुख बोहराले कञ्चनपुरको शुक्लाफाँटा प्रचुर सम्भावना बोकेको गन्तव्य भएकाले सरोकारवालाले पर्यटन प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
भीमदत्त नगरका मेयर पदम बोगटीले नगरपालिकाले पर्यटन वृद्धि विकासका लागि महोत्सवलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा थप पुरस्कृत बनाउने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जैविक विविधताले भरिभराउ निकुञ्जमा जङ्गल सफारी देखिका थुप्रै सम्भावना भएकाले सरोकारवाला पर्यटन प्रर्वद्धनका लागि अग्रसरमा जोड दिए । उनका अनुसार यस बिचमा सुप प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रवेश शुल्कमा ५० प्रतिशत छुट गरिनेछ । भीमदत्त नगरका प्रवक्ता पदम बोगटीले महोत्सवलाई आगामी दिनमा थप पुरस्कृत बनाउँदै जाने बताए । कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले कञ्चनपुरलाई बाह्रसिङ्गाको शहरको रुपमा विकसित गराउनुपर्नेमा जोड दिए । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी नाटा सुप प्रदेशका अध्यक्ष पदम विक्रम सिहले पर्यटन प्रर्वद्धनका लागि निजी क्षेत्रलाई समेत साथमै लिएर अघि बढ्नुपर्ने बताए । भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिका सदस्य सचिव मनोज प्रसाद भट्टले कञ्चनपुरकै पर्यटन प्रर्वद्धनका लागि मेला सञ्चालन गर्न लागेको बताए । उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटनका लागि महोत्सव गर्दै आएको छ ।
