दोधारा । दोधारा चाँदनी नगरपालिकामा निशुल्क आँखा शिविर संचालन भईरहेको छ् । नेपाल च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धनगढी नेत्रालय प्रालि. र वडा कार्यालयको सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीको आयोजनामा निशुल्क आँखा शिविर दोधारा चाँदनी नगरपालिका– १ देखि वडा नं. ४ सम्म सम्पन्न भएको छ् । भोली अन्तिम दिन वडा नं. ५ मा आँखा शिविर संचालन हुने नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सपभापती गोपाल जोशीले जानकारी दिएका छन् । ‘चैत्र ३ गतेबाट वडागतरुपमा संचालन भएको भोली अन्तिम दिन वडा नं. ५ मा समापन कार्यक्रम राखेका छौ’ नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सपभापती गोपाल जोशीले भने ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीको सेवा क्षेत्र वडा नं. १ देखि ५ सम्म रहेको हुदा स्थानियहरुको आँखाको समस्यालाई मध्यनजर राख्दै वडागतरुपमा निशुल्क आँखा शिविर संचालनमा ल्याएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सपभापती गोपाल जोशीले बताएका छन् । धनगढी नेत्रालय प्रालि. को शववाहन संचालनको लागी रु. २५ सहयोग रकम राखिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीले जनाएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सचिव डम्मर दत्त जोशीका अनुसार वडा नं. १ को आदर्श माबिमा संचालन भएको निशुल्क आँखा शिविरमा २ सय ३४ जनाले आँखा जाँच गरेका छन् भने, ३२ जनालाई निशुल्क चश्मा बितरण गरेको र निशुल्क शल्यक्रियाको लागी ४८ जनालाई सिफारिस गरिएको छ् । यस्तै वडा नं. २ हुनैनाथ मन्दिर नजिक संचालन भएको शिविरमा २ सय ६५ जनाले आँखा जाँच गरेका छन भने, ५८ जनालाई चश्मा बितरण तथा ३१ जनालाई शल्यक्रियाको लागी सिफारिस गरिएको् छ् ।

वडा नं. ४ वडा कार्यालयमा संचालन भएको शिविरमा २ सय ७० जनाले आँखा जाँच गराएका, ४९ जनालाई चश्मा बितरण गरिएको र ४० जनालाई शल्यक्रियाको लागी सिफारिस गरिएको छ् । आज स्वाश्स्थ्य चौकी चाँदनीमा भएको आँखा शिविरमा २ सय ९२ जनाले आँखा जाँच गराएका, ४१ जनालाई निशुल्क चश्मा बितरण गरिएको र ६३ जनालाई शल्यक्रियाको लागी सिफारिस गरिएको हो ।

आँखामा मोतियाबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका रोगीहरुलाई छनौट गरि धनगडी नेत्रालय प्रालि. आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीका सचिव डम्मर दत्त जोशीले बताए ।
