एमाले कञ्चनपुरको अध्यक्षमा बुढा, सचिवमा भट्टको निरन्तरता

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छिन । बिहीबारदेखि शुरु भएको एमाले कञ्चनपुरको ९ औँ अधिवेशनबाट अध्यक्षमा बुढा चयन भएकी हुन । अधिवेशन उद्घाटन लगत्तै बन्दसत्रमा सहमती हुन नसकेपछि चुनावी प्रकृयामा गएको एमाले कञ्चनपुर अन्तत नेताहरुले सहमती गरेपछि पदाधिकारी सहमतीकै आधारमा टुङगो लगाईएको छ । यस अघि ८ औँ अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी बुढा कावा अध्यक्ष हुँदै अहिले सुप प्रदेश एमाले ९ वटै जिल्ला मध्ये पहिलो महिला नेतृत्वमा पुगेकी हुन । उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट, उपसचिवद्वय अशोक चन्द, राजिव खडका चयन भएका छन ।

सचिवमा चयन भएका भट्ट यस अघि ८औँ जिल्ला अधिवेशनमा निर्वाचित भएका थिए । अध्यक्षमै देखिएका अशोक कुमार चन्दलाई नेताहरुले उपसचिव बस्न दवाव दिएपछि उनी उपसचिवमा चित्त बुझाउन बाध्य भएका छन । एमाले कञ्चनपुरको सचिवमा चयन भएका पल्लवराज भट्टले पदाधिकारीको टुङगोसंगै जिल्ला सदस्यहरुको समेत टुङगो अन्तिम चरणमा पुगेको बताए । ‘हामीले जसरी पदाधिकारी एक आपसमा समझदारीमा टुङगो लगायौँ, त्यसरी नै सदस्यहरुको समेत टुङगो लगाउन जुटेका छौँ, ‘उनले भने, ‘आज दिउँसोसम्ममा सदस्य सहित टुङगो लगाएर घोषणा गछौँ ।’ एमाले ९औँ जिल्ला अधिवेशन उद्घाटनमा पाटी अध्यक्ष केपी शर्मा ओली आए अनि पाँच दिनपछि पदाधिकारीको टुङगो लाग्दा समेत पाटी अध्यक्ष ओली नै आएर चयन भएका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन । सहमतीमा पदाधिकारी टुङगो लगाएपनि केही पदाधिकारी र सदस्यमा देखिएका नेता कार्यकर्ताहरुले असन्तुष्टी जनाउँदै सोमबार पाटी कार्यालयमा तालाबन्दीदेखि धर्ना गरेका थिए ।

४सय६४ जिल्ला अधिवेशन प्रतिनिधीको भावना विपरित आफु अनुकुल माथिबाटै पदाधिकारी छान्ने काम भएको भन्दै असन्तुष्टी जनाउदै तालाबन्दीदेखि धर्नामा बसेका थिए । झण्डै ३ दशकदेखि एमाले राजनीतिमा सकृय रहेकी महिला नेतृ लक्ष्मी बुढाले पाटीले दिएको जिम्मेबारी अनुरुप कञ्चनपुरमा पाटीलाई एकढिक्कादेखि सकृय बनाउँदै जनपक्षीय काममा नेता कार्यकर्ता खटाउने प्रतिबद्धता जाहेर गरेकी छिन । पदाधिकारीहरुलाई नेता कार्यकर्ता एव शुभचिन्तकहरुको बधाई तथा शुभकामना दिईरहेका छन ।

ताजा समाचार