मृगौला पिडित राधाको उपचारका लागी सहयोग जुट्दै, ८१ हजार रकम हस्तान्तरण

दोधारा । दोधारा चाँदनीका मृगौला पिडित राधा गुरुङ्गको उपचारको लागी संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाादनी नगरपालिका– ७ कञ्चनभोज निवासी राधा गुरुङ्ग लामो समय देखि मृगौलाको समस्याबाट पिडित बन्दै आएपछि स्थानियहरुले राधाको उपचारको लागी सहयोग रकम संकलन गरेका हुन् । तमु समाज दोधारा चाँदनीको पहलमा देश, बिदेशमा रहेका नेपालीहरुले राधाको उपचारको लागी रकम संकलन गरि पठाएका हुन् । आज एक कार्यक्रमको बिच मृगौला पिडित राधाको घरमा पुगेर तमु समाजको एक टोलीले राधाको घरपरिवारलाई संकलित रकम रु. ८१ हजार ४ सय ५ रुपिँया हस्तान्तरण गरेको तमु समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले जनाएका छन् ।

यस अघि पनि राधाको उपचारको लागी तमु समाजको कोषबाट रु. ५ हजार, मयुर कृषक समुह दोधारा चाादनी– ८ गैरिवारे टोलबाट रु. ३ हजार ६ सय ४० रुपिँया र गुरुङ्ग कृषक महिला समुहले रु. ११ हजार ९ सय ५४ रुपिाया सहयोग गरिएको तमु समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले बताएका छन् । मृगौला पिडित राधा गुरुङ्गको दुबै मृगौलामा समस्या देखिएपछि उनको उपचारको लागी भारत लगाएत बिभिन्न स्थानमा लगिएको हो ।

आर्थिक अवस्था दैनिय भएर उपचार गर्न नसकेपछि स्थानियहरुले उनको उपचारको लागी आर्थिक सहयोग संकलनको लागी ‘राधा देबी बचाउ अभियान’ संचालन गरेका हुन् । अभियानमा सहयोग गरिदिन हुन सबैलाई तमु समाज दोधारा चाँदनीले आग्रह गरेका छ् ।

ताजा समाचार