दोधारा चाँदनी– ४ मा सिलाई कटाई तालिम सम्पन्न

दोधारा । दोधारा चाँदनीमा सिलाई कटाई तालिम सम्पन्न भएको छ् । दोधारा चाादनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग र श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको आयोजनामा महिलाहरुलाई ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । समापन सत्रमा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, श्री सरस्वती सामुदायिक सिकाई केन्द्रका अध्यक्ष केशव अवस्थी, वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, हिरमा चन्द, सरस्वती लुहार, नेपाली काग्रेंका नेता गोपाल दत्त भट्ट, दोधारा चाँदनी नगरपालिका– २ पुर्व वडाध्यक्ष कमलापती भट्ट, नेपाली काग्रेंसका युवा नेता बिशाल बिष्ट लगाएत सिलाई कटाई तालिमका सहभागीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तालिममा वडाका २८ जना महिलाहरुको सहभागिता रहेको थियो । महिलालाई व्यवसायी बनाउादै आर्थिक आय आर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले ३ महिने कटाई सिलाई तालिम सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । महिलालाई सिप संगै आर्थिक रुपमा बलियो बनाउनका लागि तालिमले टेवा पुर्‍याउने उनले बताए । ‘तालिममा सहभागी महिलाहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नसके आर्थिक आम्दानीका साथै जिविकोपार्जनमा सहज हुने हामीले अपेक्षा लिएका छौं’ वडा सदस्य गगन बहादुर सिंहले भने ।

तालिमबाट सिकेको सीपको उपयोग गरी आयआर्जनमा आत्मनिर्भर बन्ने सहभागी महिलाहरुले बताएका छन् । वडा कार्यालयले आत्मनिर्भर, आयआर्जन र स्वरोजगारका लागि विभिन्न किसिमका सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ् ।

ताजा समाचार