मानव बेचबिखन बिरुद्ध दोधारा चाँदनीमा अभिमुखिकरण

दोधारा । दोधारा चाँदनी– ४ मा मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध अभिमुखिकरण सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग, माईती नेपाल कञ्चनपुरको सहकार्य र शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा एक दिने मानव बेचबिखन तथा ओसारपसरा नियन्त्रणको लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध अभिमुखिकरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, हिरमा चन्द, सरस्वती लुहार, नेपाली काग्रेंका नेता गोपाल दत्त भट्ट, दोधारा चाँदनी नगरपालिका– २ पुर्व वडाध्यक्ष कमलापती भट्ट, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, महाकाली झोलुङ्गे पुल अस्थायी चौकीका ईन्चार्ज भुवन सिंह धामी लगाएत तालिममा सहभागी किशोर, किशोरीहरु उपस्थिती रहेको थियो । स्वास्थ्य चौकी चाँकीको सभा कक्षमा संचालन भएको मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध अभिमुखिकरणमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सहजीकरण गरेका थिए ।

पछिल्लो समय बिभिन्न बिलाशिताको बस्तुहरु मार्फत हुनसक्ने जोखिम, सामाजिक संजालको प्रयोगबाट आउन सक्ने जोखिम र फस्न सक्ने सम्भावना तथा मानव बेचबिखन भनेको के हो ? कसरी हुन सक्छ ? किन गरिन्छ ? र कानूनहरु के के छन् सो को बारेमा प्रशिक्षण गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले बताएका छन् । कार्यक्रममा उपस्थिती वडा क्षेत्रको किशोर, किशोरीहरुलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था, कारण, दलालहरुले अवनाउने तौरतरिका, सम्पर्क स्थानहरु, कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षीत वसाईसराई र मानव बेचविखन विरुद्ध विद्यार्थीको भुमिका लगाएतको वारेमा अभिमुखिकरण गरीएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

वडामा रहेका २५ जना किशोर, किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध अभिमुखिकरण गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले बताए । अभिमुखिकरण कार्यक्रममा युवाहरुले मानव बेचबिखन बिरुद्ध सक्रिय रहि कार्य गर्ने गरि व्यतmीगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको प्रतिबद्धता व्यतm गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी नगरपालिका क्षेत्र भारत संग जोडिएको खुला सिमा क्षेत्र रहेको हुदा मानव बेचबिखनको उच्च जोखिममा रहेको नगरपालिका भएको हुदा चालु आर्थिक वर्षमा वडामा रहेको रहेका युवाहरुलाई सचेतना जगाउन अभिमुखिकरण गरिएको बताएका छन् ।

‘हाम्रो नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र रहेको हुदा नगर क्षेत्रका किशोरीहरु उच्च जोखिममा रहने भएको हुदा अभिमुखिकरण संचालन गरेका हौ’ वडाध्यक्ष भक्त बहादुर सुनारले भने । उनका अनुसार प्रहरी प्रशासन, माईती नेपालले मात्रै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न नसक्ने हुदा यसलाई रोक्न सबैको सहयोग र सहकार्यको आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार