सिटिजन ईन्टरनेशनल होटल म्यानेजमेन्ट कलेज र भारतको चंडीगढ़ विद्या ज्योति एदुवेर्सिटी विच सम्झौता

कञ्चनपुर : कञ्चनपुरको भीनपा–४ मा रहेको सिटिजन ईन्टरनेशनल होटल म्यानेजमेन्ट कलेज र भारतको चंडीगढ़ विद्या ज्योति एदुवेर्सिटी विच सम्झौता भएको छ । पढाई संगै कमाइ भए बिद्यार्थी लाइ पढ्न सहज हुनेछ यो सम्झौताले यहाँका विद्यार्थीले एसईई पछि सिटिजन ईन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजमा अध्ययन गरेर पश्चात उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको लागि भारतको पंजाब राजाधानी स्थित चंडीगढमा रहेको चंडीगढ़ विद्या ज्योति एदुवेर्सिटीले उच्च शिक्षा दिने भएको छ ।

जेहेन्दार विद्यार्थीहरुको लागि विशेष प्रकारको छुट उपलब्ध गराउने कलेजका निर्देशक प्रो.एम.एल. सहानीले बताए । स्नातक देखि स्नाकोत्तर सम्म पढाई हुने चंडीगढ़ विद्या ज्योति एदुवेर्सिटीले विभिन्न संकायमा शिक्षा दिर्दै आई रहेको छ । होटल म्यानेजमेन्ट, विविए, वि.कम, विसिए, चाईल्ड केयर, टुरिज्म, रेडियोलोजि, फेशन डिजाईनर, मेडिकल ल्याब, माईक्रोबाईलोजी, जर्नलिज्म एमकम लगायतका विभिन्न विषयमा पढाई गरिन्छ । गरिब तथा जेहेन्दार विद्यार्थीको लागि हरेक महिना कमाउनुस र फीस जम्मा गर्नु सकिने निर्देशक सहानीले बताए । उनले भने ‘त्यसको लागि कलेजले पहल गर्ने बताए । शुल्क पनि अरु कलेज भन्दा शुल्भ रहेको छ साथै विदेशमा पढ्न चाहने विद्यार्थीलाई एक वर्ष हाम्रो कलेजमा अध्ययन पश्चात विदेशमा समेत पढाईने छ जसको लागि विभिन्न देशका कलेज सँग हाम्रो सम्झौता भएको छ ।’

त्यहाँ उच्च शिक्षा हासिल गर्नको लागि जुलाई बाट अगस्त सम्म भर्ना गर्न सहिने निर्देशक सहानीले बताए । एसईई पछि होटल म्यानेजमेन्टको क्षेत्रमा ख्याती कमाउन सफल सिटिजन ईन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजले हाल सम्म १५०० जना विद्यार्थीलाई शिक्षा दिई सकेको छ । हाल ४५ जना विद्याथी अध्ययनरत रहेको प्रबन्ध निर्देशक राजेन्द्र गिरीले बताए । उनले भने ‘यहाँ अध्ययनरत सबै विद्यार्थीले रोजगारी पाउनुको साथै केही विद्यार्थी विदेशमा समेत काम गर्दै आईरहेका छन् । यहाँबाट होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरु अहिले भारतको चंडीगढ़ विद्या ज्योति एदुवेर्सिटी मा पनि पढ्दैं आईरहेका छन् ।’

ताजा समाचार