सशस्त्र प्रहरीको बेसिक ९६ र ९७ टोलीले जेष्ठ नागरिकसंग मनाए १९औँ बर्षगाँठ

कञ्चनपुर : सशस्त्र प्रहरी बल बेसिक ९६ र ९७को टोलीले सेवा प्रवेसको बर्षगाँठको अवसर कञ्चनपुरमा जेष्ठ नागरिकसंग मनाए १९औँ बर्षगाँठ मनाएको छ । आइतबार बेदकोट नगरपालिका रौटेला स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकसंग मनाए १९औँ बर्षगाँठ मनाएको हो ।

टोलीले मन्दिर सरसफाई र जेष्ट नागरिकलाई फलफुल वितरण तथा चियापान पश्चात १० बजे उक्त सेवा केन्द्रका व्यवस्थापन बहादुर सिह बिष्टको हातबाट केक काटेर औपचारिक रुपमा संचालन भएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, जेष्ठ नागरिकहरूलाई लत्ताकपडा वितरण तथा दैनिक उपभोग्य सामग्रीका साथै फलफुल वितरण गरेको छ । जेष्ट नागरिकहरुलाई सेवा गरे वापत नगद एक हजार र सेवा केन्द्रलाई सहयोग स्वरुप ३ हजार ५रुपैया प्रदान गरेको छ ।

ताजा समाचार