भोजराज पन्त/कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका ९ मा शनिबार बैजनाथ सुडा खनेपानी उपभोक्ता तथा सरसफाई समिति सुन्दरपुरको बृहत सरसफाई तथा खानेपानी सम्वन्धी जनचेतना कार्यक्रमको अभियान थालनि भएको छ ।

“स्वच्छ वातावरण राख्ने हाम्रो जिम्मेवारी, वर्तमान र भविष्य दुबै वरावरी” र “ जहाँ पायो त्यही नफालौ फोहर जथाभावी, घर आँगन सफाँ राख्ने हाम्रो जिम्मेवारी” भन्ने नारका साथ सरसफाई तथा जनचेतना मुलक अभियानको थालनि भएको छ । बैजनाथ सुडा खनेपानी उपभोक्ता तथा सरसफाई समिति सुन्दरपुरको कार्यालय वाट सरसफाई अभियानको उद्घाटन भएको थियो । सरसफाई कार्यक्रम समितिका अध्यक्ष पदम सिंह कुवरको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि वेदकोट नगरपालिकाका कार्यपालिका सदस्य पार्वती विष्ट रहनु भएको थियो ।

सरसफाई कार्यक्रममा वेदकोट नगरपालिका का नगर उपप्रमुख तुलशी देवी जोशी, सुन्दरपुर खेलकुद विकास समितिका सम्पुर्ण सदस्य, महाकाली सिचाईका प्रतिनिधिहरु, राजनीकदलका प्रतिनिधिहरु, सुन्दरपुर र नयाँगाँउका उपभोक्ताहरुको उल्लेखनीय उपस्थीथी रहेको थियो । बैजनाथ सुडा खनेपानी उपभोक्ता तथा सरसफाई समितिले आयोजना गरेको कार्यक्रमको सबै गाँउवासीले प्रशंसा गरेका छन ।

