भीनपा-११ मा एसइइ परीक्षा दिने विद्यार्थीहरूकालागी सञ्चालित तयारी कक्षा तथा बिदाइ कार्यक्रम सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ११ मा एसइइ परीक्षा दिने विद्यार्थीहरूका लागी सञ्चालित तयारी कक्षा तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ। शनिबार वडा कार्यालयको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै तयारी कक्षा समापनका साथै विद्यार्थीहरूको बिदाइ गरिएको हो। वडा अध्यक्ष प्रकाश थापाले एसइइ दिने विद्यार्थीहरूलाई लक्षित गरेर आफ्नो निजी लगानीमा तयारी कक्षा सञ्चालन गराएका थिए। तिन महिना सम्म सञ्चालन भएको तयारी कक्षामा विद्यार्थीहरूलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयको तयारी गराइएको थियो। वडा अध्यक्ष थापाले वडामा शैक्षिक गुणस्तर थप प्रभावकारी बनाउन तयारी कक्षाहरू सञ्चालन गरिएको बताए। उनले भने ‘शैक्षिक गुणस्तर सुधार गर्न एसइइ दिने विद्यार्थीहरूका हामिले तिन महिने तयारी कक्षा सञ्चालन गरेका थियौँ र तयारी कक्षामा लगभग ५७ जना विद्यार्थीहरू सहभागी हुनुभएको थियो।

No description available.

यसलै पक्कैपनि उनीहरूको परीक्षामा सहयोग पुग्ने विश्वास मैले लिएको छु।’ साथै वडा अध्यक्ष थापाले एसइइ परीक्षामा सहभागि हुने विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी दिनमा पनि निरन्तर यस्ता कार्यक्रमहरू गर्ने प्रतिवद्धता समेत गरेका छन्।  त्यसैगरी शिक्षक बिरेन्द्र कुमार थापाले वडाको नेतृत्वमा विद्यार्थीहरूलाई निशुल्क तयारी कक्षा सञ्चालन गरिएको बताए। साथै उनले वडा अध्यक्षले विद्यार्थीहरूको परीक्षालाई लक्षित गरेर चालेको उक्त कदमको प्रशंसा गर्दै यस्ता विद्यार्थीमुखी कार्यक्रमहरू अन्य वडामा पनि सञ्चालन हुनुपर्नेमा जोड दिए। त्यसैगरी पूर्णा माविमा अध्ययनरत छात्र आदित्य जोशीले वडा अध्यक्षले निशुल्क रुपमा तयारी कक्षा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै यसले परीक्षामा निकै सहयोग पुग्ने बताए भने सिद्धनाथ अमर माविमा अध्ययनरत छात्रा उपासना सुनारले वडा अध्यक्षप्रति आभार व्यक्त गर्दै यसरी अन्य वडाहरूमा पनि तयारी कक्षा सञ्चालन हुनुपर्नेमा जोड दिइन्।No description available. उक्त कार्यक्रममा सिद्धनाथ अमर माविका प्रधानाध्यापक चुडामणि जोशीको प्रमुख आतिथ्य रहेको थियो भने वडा अध्यक्ष प्रकाश थापाको सभापतित्व रहेको थियो। बिदाइ कार्यक्रमपश्चात सम्पूर्ण विद्यार्थीहरूलाई उपहार स्वरुप एक्जाम क्लिप बोर्ड र कलम प्रदान गरिएको छ। तयारी कक्षामा अन्य वडाका विद्यार्थी समेत सहभागि भएका थिए। वडा अध्यक्ष थापाले वडामा विद्यार्थीमुखी कार्यक्रमहरू निरन्तर गर्दै आइरहेका छन्। साथै वडामा ५० जना विद्यार्थीहरूलाई निशुल्क ३ महिने बेसिक कम्प्युटर कोर्स समेत सञ्चालन भइरहेको छ।

ताजा समाचार