कञ्चनपुर : पेशागत महासंघ नेपालको घटक सेवा निबृत राष्ट्रसेवक संघ नेपाल कञ्चनपुरले चैत्र १७ गते जिल्ला अधिवेशन गर्ने भएको छ । पेशागत महासंघ नेपालको शनिबार महेन्द्रनगरमा बसेको बैठकले आगामी १७चैत्रमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

पेशागत महासंघ नेपाल कञ्चनपुरका सचिव तिलकराज जोशीले हरि सिह भण्डारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको बताए । उनका अनुसार लाल बहादुर चौधरी ,सहबिर महत्तरा,हरि प्रसाद भण्डारी ,खिमा चन्द ,सारदा क्षेत्री ,धर्म भाट रहेका छन ।

