दोधारा । दोधारा चाँदनीका मृगौला पिडित राधा गुरुङ्गको उपचारको लागी संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी राधा गुरुङ्ग लामो समय देखि मृगौलाको समस्याबाट पिडित बन्दै आएपछि स्थानियहरुले राधाको उपचारको लागी सहयोग रकम संकलन गरेका हुन् । शनिवार मृगौला पिडित राधाको घरमा पुगेर उपचार रकम हस्तान्तरण गरिएको दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले जनाएका छन् । रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्री, तमु समाज दोधारा चाँदनीका नगर अध्यक्ष तमान सिंह गुरुङ्ग तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।
वडाध्यक्ष केशव खत्री र तमु समाजका अध्यक्ष तमान सिंह गुरुङ्गले देश तथा बिदेशबाट राधाको उपचारको लागी संकलित रकम रु. ३० हजार ६ सय ६८ रुपिँया पिडित राधा गुरुङ्गलाई हस्तान्तरण गरेका छन् । यस अघि पनि राधाको उपचारको लागी तमु समाजको कोषबाट रु. ५ हजार, मयुर कृषक समुह दोधारा चाँदनी– ८ गैरिवारे टोलबाट रु. ३ हजार ६ सय ४० रुपिँया र गुरुङ्ग कृषक महिला समुहले रु. ११ हजार ९ सय ५४ रुपिँया सहयोग गरिएको तमु समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले बताएका छन् ।
मृगौला पिडित राधा गुरुङ्गको दुबै मृगौलामा समस्या देखिएपछि उनको उपचारको लागी भारत लगाएत बिभिन्न स्थानमा लगिएको हो । आर्थिक अवस्था दैनिय भएर उपचार गर्न नसकेपछि स्थानियहरुले उनको उपचारको लागी आर्थिक सहयोग संकलनको लागी ‘राधा देबी बचाउ अभियान’ संचालन गरेका हुन् ।
अभियानमा सहयोग गरिदिन हुन सबैलाई वडाध्यक्ष केशव खत्रीले अपिल समेत गरेका छन् ।