वडा कार्यालयद्धारा कृषक समुहहरुलाई नि:शुल्क तरकारीको बिउ वितरण

दोधारा । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयले कृषक समुहहरुलाई निशुल्क तरकारीको बिउ बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयलले वडमा रहेका १८ वटा कृषक समुहहरुलाई फर्सी, करेला, बोडी गरि ८ प्रकारका तरकारीको बिउ बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् ।

वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार किसानहरुको आर्थिक उन्नतीको लागी तरकारीको बिउ बितरण गरिएको उनले बताए । वडा कार्यत्रलयमा एक कार्यक्रमको बिच तरकारीको बिउ बितरण गरिएको हो । बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, वडा सदस्य सिता बिष्ट, पार्वती सुनार, दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्ट, पशु सेवा शाखाका शाखा प्रमुख कृष्ण सिंह साँउद, वडा सचिव पुरन पुन मगर लगाएत किसानहरुको उपस्थिती रहेको थियो ।

वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन वडा कार्यालय ले सक्रियता लिएको हो । कृषकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्दै बिभिन्न बिउ बिजन बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताएका छन् । किसानले वडामै कृषि उत्पादनका लागि विउ विजन पाउन थालेपछि लाभान्विन भएका छन् ।

दोधारा चाँदनी नजगरपालिका पशु सेवा शाखा कार्यालय समेत किसानहरुलाई पशुचौपायाका लागी जुकाको औषधी बितरण गरेको वडा कार्यालयले जनाएको छ् ।

ताजा समाचार