उपप्रमुख जोशीको पहलमा गोलेक धाम श्रीकृष्ण आश्रम निर्माण कार्यमा सहयोग

दोधारा । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देवि जोशीले दोधारा चाँदनी नपा वडा नम्बर १ मा रहेको गौं संरक्षण हेतु गोलोक धाम श्रीकृष्ण आश्रमलाई सहयोग गरेका छन् । उपप्रमुख जोशीले लामो समय देखि सामुदायिक छाडा पशुचौपाको संरक्षण तथा हेरचाह गर्दै आईरहेको गोलोक धाम श्रीकृष्ण आश्रमलाई सहयोग गरेका हुन । उपमेयर जोशीले निर्माणधिन अवस्थामा रहेको गोलेक धाम श्रीकृष्ण आश्रम समितिलाई २० बोरा सिमेन्ट र २ बन्डल सरिया उपलब्ध गराएर सहयोग गरेको श्री गोलोक धाम श्रीकृष्ण आश्रम कार्य समितिका अध्यक्ष उत्तम भट्टले बताएका छन् ।

भट्टका अनुसार पछिल्लो समय सामुदायिक छाडा पशुचौपाया ब्यावस्थापन गर्ने कार्य चुनौती पुर्ण भईरहेको हुदा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का वडावासिहरुले छाडा चौपाया ब्यावस्थापन तथा संरक्षणको लागि गोलोक धाम श्रीकृष्ण आश्रम नामक संस्था संचालनमा ल्याएको बताएका छन् ।

संस्थामा ३५ जना आजिवन सदस्य रहे संगै संस्थाले आवद्ध रहेका सदस्यहरुबाट आन्तरिक रुपमा आर्थिक रकम संकलन गरी छाडा पशुचौपाया संरक्षणको काम अगाडि बढाउदै लैजाने अध्यक्ष भट्टले जानकारी दिएका छन् ।

ताजा समाचार