सल्लाघारीको चौरको १०८ रोपनि जग्गामा उक्त कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् । उक्त कार्यक्रमका लागि स्वयंसेवकहरुले निःशूल्क सफा गरि पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए ।सो कार्यक्रमका लागि १० हजार भारतीय र करिब ५ हजार नेपालीको उपस्थिति रहने आयोजकले जनाएका छन् । कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङ नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ ।

१०० भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा १२५ सत्संघ भवन रहेका छन् । भोलिबाट सुरु हुने कार्यक्रम नेपालमा पहिले पनि आयोजना भएका भएतापनि यसपटकको भने नेपालमा आयोजना भएकामध्ये सबैभन्दा भव्य रहने आयोजकको अपेक्षा छ ।यसअघि सन्त समागममा सन्त निरंकारी मिशनले समाज कल्याणका लागि निःशूल्क स्वास्थ्य जाँच एवं रक्तदान शिविर समेत सञ्चालन गरेको थियो । मिसनका माध्यमबाट भूकम्प पीडितलाई राहत दिँदै आइएको छ । मिसन अन्तर्गतका विभिन्न संस्थाहरुले खोलानदी, मसानघाट लगायतका स्थान सफा गरि वातावरण प्रवद्र्धनमा समेत सहयोग पुर्याउँदै आएको छ ।

