कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा संचालन भएको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव समापन भएको छ । २१ फागुनदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव समापन भएको हो । ‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला एक दिन थप गरेर बिहीबार(१चैत्र)मा समापन छ । स्थानीय बस्तु, सेवा, कला, संस्कृतिको प्रर्बद्धनका लागि ०५७ देखि ०८० सम्म आईपुग्दा १५ औँ संस्करको मेलाको एक कार्यक्रमका विच समापन गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आथित्यमा मेला समापन गरिएको छ । प्रमुख अथिति समेत रहेका उद्योगमन्त्रीले औद्योगिक क्षेत्रको विकासमा जोडदिए ।
समापन कार्यक्रममा शास्त्रिय गायक तिलकसिह मेलाले दर्शक तानेका थिए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले यस पटकको मेला समेत सफलतापुर्वक समापन गरिएको बताए । उनका अनुसार दर्शकको चाप अनुरुप मेला एक दिन थप गरेर १ चैत्रमा समापन गरिएको बताए । स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्बद्धन बजारीकरणका लागि मेला संचालन गरिएको थियो । महासचिव बोहराले एघार दिनसम्म संचालन भएको महोत्सवमा लाखौँले मेला अवलोकलन गरेका छन ।
उनका अनुसार बालबालिका, जेष्ठ नागरिक, अपाङ्गतादेखि अशक्त नागरिकबाट टिकट बिनै मेला अवलोकन गराईएको छ । महोत्सवमा ३ सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु मनोरन्जनका लागि बाल उद्यानका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन गरिएका थिए । ‘यस पटक हामीले थारु पहाडी समुदायको संस्कृति खाद्य परिवार प्रर्बद्धनका छुट्टै ‘थारु गाँउ’ बनाएर खाने परिकार, संस्कृति कला प्रर्दशन गर्न सफल भयौँ, ‘महासचिव बोहरा भने, ‘यो महोत्सवको मुख्य आकर्षण पनि भयो ।’ स्थानीय तथा राष्ट्रिय कलाबारबाट समेत विवित साँस्कृतिक कला प्रस्तुत भएका थिए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले यस बर्षको मेला समेत सफलतापुर्वक सम्पन्न भएको बताए । अध्यक्ष जोशीले दर्शकको चाहना अनुरुप एक दिन थप भएको बताए । विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए ।
अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाईएको रकम खर्च गरिनेछ । ११ दिनसम्म संचालन हुने महोत्सवमा २लाख दशकले मेला अवलोकनदेखि ५करोडको कारोबार हुने अनुमान गरिएको छ । यस पटकको महोत्सव सफल पार्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १सय ५१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १६ उप समिति समेत गठन गरिएका थिए । भने, मुल आयोजक समितिमा संघका बरिष्ठ उपाध्यक्ष मल्ल सह संयोजक तथा महासचिव खगेश्वर बोहरा सदस्य सचिव रहेका थिए ।
संघका निवर्तमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा अतिथि सत्कार समिति, बरिष्ठ उपाध्यक्ष दिनेश मल्लको संयोजकत्वमा सुरक्षा समनवय तथा यातायात समिति, प्रथम उपाध्यक्ष सुरेश गुरुङ्गको सयोजकत्वमा बाल उद्यान समिति, वाणिज्य उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा पर्यटन प्रर्बद्धन, महासचिव खगेश्वर बोहराको सयोजकत्वमा सचिवालय समिति संयोजक, सचिव राहुल भट्टको संयोजकत्वमा खानेपानी, विद्युत तथा सरसफाई व्यवस्थापन समिति, कोषाध्यक्ष चेतराज जोशीको संयोजकत्वमा आर्थिक तथा साँस्कृतिक समिति, सदस्य गोपाल बुढापालको संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य नरेन्द्र प्रशाद जोशीको सयोजकत्वमा स्टल बुकिङ्ग समिति, सदस्य प्रेम प्रकास पाठकको सयोजकत्वमा कृषि, प्रर्बद्धन समिति, सदस्य प्रदिप पालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति, सदस्य विशाल सोनारको संयोजकत्वमा स्टल निर्माण तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम व्यवस्थापन समिति, सदस्य मिनराज भट्टको संयोजकत्वमा टिकट व्यवस्थापन समिति र सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर प्रायोजन तथा व्यवस्थापन समितिको जिम्मेबारी दिएको थियो । मेलाको उद्घाटन काँग्रेस ससदीय दलका नेता एव पुर्वमन्त्री रमेश लेखकले गरेका थिए, भने एमाले नेता एव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका थिए । मेला शान्तिपुर्ण सफलतापुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।