पुर्व प्रधानमन्त्री ओलीद्वारा दोधाराचाँदनी ६वडा भवन उद्घाटन, सरकार ढल्न दिदैनौँ : ओली

कञ्चनपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न नदिने बताएका छन । पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकार ढल्न नदिने बताएका हुन । बिहीबार दोधाराचाँदनी नगरपालिका ६ नम्बर वडा भवनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सरकार ढल्न नदिएकै विकास निर्माणका काम गर्ने बताए । ‘काँग्रेस किन ?सरकारबाट हट्यो ?, ‘ओलीले भने, ‘‘एमाले सरकारमा गएपनि नगएपनि शक्ति भएको बताउँदै कसैले एमालेलाई आँखा चिम्केर हिड्ने हिडे त्यो धोका हुन्छ ।’ राष्ट्रिय एकता, सार्बभौमिकता एव भ्रष्टाचार बिरुद्ध, सुशासनको मामिलामा सबै राजनीतिक दल एकजुट हुुनुपर्नेमा ओलीले जोडदिए ।

आफु दोधाराचाँदनी पहिलो पटक नआएको बताउँदै उनले भूमिगत जिवनदेखि डेढ दशक अघि मात्रै पनि आएको बताए । आफु दोधाराचाँदनी नआएका नचेनेको भए कसरी बन्यो सुक्खा बन्दरगाह र महाकालीपुल भन्दै उनले प्रशन राखे ? दोधाराचाँदनीका जनताको सुविधाका लागि महाकाली सन्धीमा १० क्युसेक पानी उपलब्ध गराउन गरिएको सन्धी कार्यान्वयनका लागि आफुले पटक पटक भारतीय सरकारसंग पहल गरेको बताए । अध्यक्ष ओलीले कृषि उत्पादनका कामकाजमा खटिन समेत आब्हान गरेका छन । महाकाली नदीको स्रोत संकलनका लागि आफुले सम्बन्धीत मन्त्रीको ध्यानाकर्षण गराएको बताए । दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले सीमावर्ती दोधाराचाँदनी नगरका समस्या बारे पुर्व प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै समाधानका लागि माग अघि सारेका छन ।

मेयर लिम्बुले महाकाली नदी, जगबुढा, मलरिया नदीको तटबन्ध, छोटी भन्सार पुर्नस्थापना, सुक्खा बन्दरगाहको काम अघि बढाउन लगायतका माग अघि सारेर ज्ञापन पत्र बुझाए । यसैगरी सुप विश्वविद्यालयको आगिक क्याम्पसका लागि निर्णय भएको भानु बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष भरत दत्त भट्टले समायोजक प्रकृयाका लागि पुर्व प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाए । दोधाराचाँदनी नगरपालिका ६ का वडाध्यक्ष ओम बस्नेतले नयाँ भवन उद्घाटनसंगै वडाका कामकाज गुणस्तरिय बनाउने प्रतिबद्धता जाहेर गरेका छन । वडाध्यक्ष बस्नेतले भवन उद्घाटनका लागि आएका पाटी अध्यक्ष एव पुर्व प्रधानमन्त्री सहितको टिमप्रति अभार प्रकट गरेका छन ।

ताजा समाचार