फुलवारीले चिटिक्क पारिदै वडा नं ७

राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका वडा नं ७ को कार्यालयमा फुलवारी बनाएर चिटिक्क पार्ने कार्य हुन थालेको छ । वडा कार्यालय र प्रधानमन्त्री रोजगार कार्यक्रमको साझेदारीमा वडा कार्यालयमा फुलवारी बनाउन थालिएको हो । नौ कठ्ठा क्षेत्रफलमा रहेको वडा कार्यालय परिसरमा फुल र फलफुलका विरुवा रोप्नका लागि क्यारीहरु तयार गरिएका छन । क्यारीमा फुल लगायत सजावटका विरुवा रोप्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनौटमा परेका महिलाहरु र वडा अध्यक्ष प्रताप सिंह धामी लगायत कर्मचारीहरु खटिदै आउनु भएको छ । वडा कार्यालयको रु एक लाख बजेटमा फुलका विरुवा संगै सजावटका विरुवा खरिद गर्ने कार्य संगै माटो सम्याउने,इट्टालाई आकर्शक ढंगले राखेर क्यारी बनाउने कार्य गरिएको छ ।

No description available.

क्यारी बनाउन, क्यारीमा विरुवा रोप्नका लागि मल राख्ने, खाल्डो बनाउने र विरुवा रोप्नका लागि रोजगार कार्यक्रम अन्र्तगत छनौट भएका पाँच जना महिलाहरु खटिदै आउनु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्र अन्र्तगत सय दिने रोजगारीका लागि छनौट भएका महिलाहरुले २० दिन सम्म वडा कार्यालय परिसरमा बगैंचा तयार गर्न र बृक्षारोपण गर्नका लागि कार्य गर्ने नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्ण भट्टले बताउनु भयो । यसका अतिरिक्त कार्यक्रम अनुसार सार्वजनिक जग्गामा बृक्षारोपण गरी हराभरा बनाउने योजना रहेको उहाँको भनाई रहेको छ । “वडा कार्यालय प्रवेश गर्ने गेटको दुवै तर्फ फुल लगायतका सजाटका विरुवा रोप्ने कार्य शुरु गरेका छौं” वडा अध्यक्ष धामीले भन्नु भयो, कार्यालय परिसरलाई चिटिक्क पार्नका लागि विच विचमा क्यारी बनाएका छौं ।” चारै तर्फ इट्टा राखेर बनाईएको क्यारीमा फुल रोप्ने र विचमा चाइनिज दुवो लगाउने योजना रहेको उहाँले बताउनु भयो । त्यस पछि बाँकी रहेको क्षेत्रमा लिची, आँप, अनार लगायतका फलफुलका विरुवा रोपेर बगैंचा बनाईने उहाँले उल्लेख गर्नु भयो ।

No description available.

“यस कार्यले वडाका कार्यालयको सौन्दर्यता बढछनै” उहाँले भन्नु भयो, “कार्य लिएर आउने सेवाग्राहीले पालो पखिर्नु पर्दा फुल तथा फलफुलको बगैंचामा बसेर रमाउ छन ।” सेवाग्राही नभएका बेला कर्मचारीले पनि बगैंचामा डुलेर कामले थकिन मनलाई शान्त राख्न पाउने उहाँको भनाई छ । कार्यालयको गेटबाट भित्र छिर्ने बाटोमा सिमेन्टका टायल राख्ने वडा कार्यालयको योजना रहेको छ । वडा सचिव महेश भट्टले आगामी नगरपालिकाको बजेटमा टायल राख्ने योजना माग गरेर कार्य गरिने बताउनु भयो । वडा कार्यालय परिसरमा ९८ प्रजातीका फुलका विरुवा, एक सय ४१ वटा सजवाटका विरुवा र ३० वटा फलफुलका विरुवा रोप्ने कार्य अगाडी बढाईएको छ ।

No description available.

ताजा समाचार