निष्कलंक छवि बनाएका पुर्व मेयर चन्द एमाले कञ्चनपुर अध्यक्षको दौडमा

कञ्चनपुर : अशोक कुमार चन्द नेकपा एमाले कञ्चनपुरका युवा चर्चित नेता हुन । अशोक कुमार चन्द एमालेमा मात्रै नभई अन्य दलका नेता कार्यकर्ताहरु सहित जनता माँझ लोकप्रिय नाम हो । ०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमाले युवा नेता चन्द बेदकोट नगरको मेयरमा निर्वाचित भएका थिए । चन्द लोकप्रिय मतका साथ जसरी मेयरमा निर्वाचित भए त्यसरी नै आफ्नो पाँच बर्षे मेयरको कार्यकाल विवाद रहित पारदर्शी नगर सम्बृद्धिको बिउ रोपेर निष्कलंक छवि बनाएका तिनै पुर्व मेयर अशोक कुमार चन्द अहिले नेकपा एमाले कञ्चनपुर नेतृत्व(अध्यक्ष)को यात्रामा छन । दोस्रो ठुल दल नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लागि अध्यक्ष चन्द आकाक्षी देखिएका हुन ।

यस अघि ८औँ जिल्ला अधिवेशन सचिवमा पल्लवराज भट्टसंग झिनोमतले पराजित भएका चन्दले अब मुल जिल्ला नेतृत्व हाँक्ने आँट गरेका छन । आज(बिहीबार)देखि भईरहेको एमाले कञ्चनपुरको ९औँ अधिवेशनबाट चन्द अध्यक्षका बलिया उम्मेदवार हुँन । उनलाई युवा पङक्ति सहितको साथ सर्मथन रहेको केही एमाले नेताहरुले बताएका छन । झण्डै तीन दशकदेखि राजनीतिमा सकृय युवा नेता चन्दको साथमा बलियो युवाशक्ति रहेको छ । चन्दको पक्षमा देखिएका नेताहरुले कञ्चनपुरमा पनि अन्य जिल्लाहरु जस्तै सर्वसम्मत नेतृत्व बनाउनका लागि दौडधुप बढाएका छन ।

एमालेलाई कञ्चनपुरमा आगामी ०८४को जिल्लामा लालकिल्ला बनाउनका लागि पाटी नेतृत्व युवाको काँधमा दिनुपर्ने आम एमाले नेता कार्यकर्ताहरुको भावना रहेको छ । एमाले जिल्लाको नेतृत्वका लागि चन्द देखिएपछि नेता कार्यकर्ताहरु समेत उत्साहित भएर चन्दकै नाममा सहमती गराउन सकृय देखिएका छन ।

ताजा समाचार