भीनपा १३ सोनापुर नमुना बस्तीमा शौचालय उद्घाटन

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १३सोनापुर नमुना बस्तीमा निर्माण भएका संरचना उद्घाटन गरिएका छन । भीमदत्त नगरपालिका १३ वडाको योजनामा सोनापुर नमुना बस्तीमा निर्माण भईरहेका सरचना उद्घाटन गरिएका हुन । बुधबार एक कार्यक्रमका विच नमुना बस्तीमा निर्माण भएका शौचालय, ट्याक, खानेपानी सहितका संरचना उद्घाटन गरेको छ ।

भीमदत्त नगरका उपप्रमुख निलम लेखकको प्रमुख आथित्यमा नमुनाबस्तीमा निर्माण भएका शौचालय, ट्याक, खानेपानी सहितका संरचना उद्घाटन गरिएको जनाएको छ ।भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले सयुक्त साझेदारीमा निर्माण भएका संरचना भीमदत्त नगरका उपप्रमुख निलम लेखक र निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले स्थलगत अनुगमन गर्दै संरचना उद्घाटन गरेका छन । निड्स नेपाल भीमदत्त नगरपालिका, भीनपा १३ वडा कार्यालयको संयुक्त लगानीमा निर्माण भएका संरचना उद्घाटन गरिएका छन ।

उक्त बस्तीमा १८ सहित वडाभरी विपन्न समुदायका लागि ३० पक्की घर निर्माण गरिने भएका छन । वडाध्यक्ष झक्काले वडामा रहेका विपन्न दलित समुदायका घर संरचना बनाउनका लागि अभियान शुरुवात गरेका थिए । उक्त अभियानमा व्यक्ति, वडा, पालिका सहितका विभिन्न दातृ निकायबाट सहयोग गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds