वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा

दोधारा । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको रु. २५ लाखमा निर्माण हुदै गरेको भवनको निमार्ण कार्य अषाढ मसान्त भित्र सकिने दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन्  । वडाध्यक्ष भक्त बहादुर सुनारका अनुसार ४ कोठाको पक्की भवन निर्माण सम्पन्न हुन लागेको हो । भवनका झ्याल ढोका, फिनिसिङ र रंग लगाउने काम मात्रै बाँकी रहेको उनले बताए । उक्त निमार्ण कार्यको जिम्मा सुमन कन्ट्रक्सन कम्पनीले लिएका हो । अषाढ मसान्त पछि वडाले आफ्नै भवनबाट सेवा दिने गरी तयारी गरिरहेको वडा अध्यक्ष सुनारले बताए ।

‘ठेकेदारले अषाढ सान्त भित्र काम सक्ने गरी काम गरिरहेको छ्’, वडा सदस्य गगन सिंहले भने, ‘निमार्ण कार्य सकिए लगत्तै हामी आफ्नै भवनबाट वडाबासीलाई सेवा प्रवाह गर्छौ ।’ भवन निर्माणको काम सकिए लगत्तै नयाँ भवनबाट सहज रुपमा सेवा प्रवाह हुने वडा सदस्य सिंहले बताए । वडाका जनप्रतिनिधीको अथक प्रयासले वडा कार्यालय निमार्ण कार्य अघि बढेको स्थानियहरुले बताएका छन् ।

वडा कार्यालय भवन निर्माण संगै आफ्नै कार्यालय हुने भएपछि वडाबासीहरुले खुशी प्रकट गरेका छन् । सानो कोठामा वडा कार्यालय संचालन हुदै आउदा सेवा प्रवाहमा समस्या पर्दै आएको जनप्रतिनिधीहरुले बताएका छन् ।

ताजा समाचार