कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ११का महिला स्वास्थ्य स्वयमसेविकालाई झोला र छाता वितरण गरिएको छ। मंगलबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ११का महिला स्वास्थ्य स्वयमसेविकालाई झोला र छाता वितरण गरिएको हो ।
वडाध्यक्ष प्रकास थापाले महिला स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्य क्षेत्रमा कामकाज गर्न घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयमसेविकालाई झोला र छाता वितरण गरेका हुन । वडाध्यक्ष थापाले ग्रामिण भेगमा खटिने स्वास्थ्य स्वयमसेविकालाई सहजताका लागि उक्त झोला वितरण गरेको बताए । झोला र छाता पाएपछि महिला स्वास्थ्य स्वयमसेविका हर्षित भएका छन ।