साहित्यकार डम्बर शर्मा बडूको निधन

कञ्चनपुर : नेपाली तथा डोट्याली भाषासाहित्यमा कलम चलाउँदै आइरहनु भएका साहित्यकार डम्वर शर्मा बडूको आज बिहान ६३ वर्षको उमेरमा निधन भएको छ । केही दिन अघि स्वास्थ्यमा समस्या देखिएका कारण मनमोहन काडियो भाष्कुलर अस्पताल काठमाडौंमा उपचाररत शर्माको आज बिहान निधन भएको हो ।

उनको निधनले नेपाली तथा डोट्याली भाषासाहित्यमा क्षति पुगेको छ । विशेषा गरि कविता, गजल, व्यङ्ग्य तथा लोकवार्ताका क्षेत्रमा कलम चलाउदै आइरहेका थिए । उनका डोट्याली भाषामा झ्यारी कविता संग्रह (संयुक्त), ऐना गजल संग्रह, सहयात्रा कविता संग्रह (संयुक्त) कृति प्रकाशित छन् भने विभिन्न पत्रपत्रिकाहरुमा थुप्रै अनुसन्धानमुलक लेखहरु प्रकाशन छन् ।

साहित्यकार शर्माको भोलि बिहान ८:०० बजे भी.न.पा. ६ ऐठपुरबाट भुजेलाघाटमा अन्त्यष्टिका लागि शवयात्रा गरिने उहाँका आफन्तजनले बताउनुभयो ।

ताजा समाचार