दोधारा चाँदनीमा दलित अगुवाहरुको भेला सम्पन्न, नगर समन्वय समिति गठन

दोधारा । दोधारा चाँदनीमा दलित अगुवाहरुको भेला सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छरिएर रहेका दलित अगुवाहरुको नगर भेला सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जनाएका छन् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा नगर स्तरिय दलित अगुवाहरुको भेला सम्पन्न भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । भेलामा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य तथा कार्यपालिका सदस्य, दलित अगुवा मोहन सुनार, महेश बहादुर दमाई, पदम कसेरा, कमल सुनार, अंगविर दमाई, राजेश सुनार, आकृती कसेरा, नगर दलित समन्वय समिति दोधारा चाँदनीका पुर्व अध्यक्ष पर्शुराम सुनार लगाएत वडागतरुपमा दलित अगुवाहरुको उपस्थिती रहेको थियो ।

गत आर्थिक वर्ष नेपाल सरकारले दलित समुदायको हकहितको लागी बिनियोजन गरेको बजेट नगर दलित समन्वय समिति दोधारा चाँदनी क्रियाशिल नभएको कारण बजेट फ्रिज गएको निश्कर्ष निकाल्दै चाडै नगर दलित समन्वय समिति दोधारा चाँदनीलाई क्रियाशिल बनाएर लैजाने कार्यको लागी नगर दलित समन्वय समिति दोधारा चाँदनी गठन गर्ने निर्णय गरेको छ् । नेपाल सरकारले वर्षेनी दलितहरुको हकहितको लागी बिनियोजन गरेको झण्डै रु. १५ लाख रकमलाई सदुपयोग गर्न दलित अगुवाहरुको भनाई रहेको छ् । भेलामा दलितहरुको हकहितलाई मध्यनजर राख्दै दोधारा चाँदनीमा नगर दलित समन्वय समिति सक्रिय रहनु पर्नेमा जोड दिएका छन् ।

दलितहरु अझै पनि मिचिएका तथा थिचोमिचोमा रहदै आएका बताउदै दोधारा चाँदनी– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले नगर क्षेत्रमा नगर दलित समन्वय समिति सशक्तरुपमा क्रियाशिल हुनु पर्नेमा जोड दिएका छन् । भेलाले दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १ देखि १० सम्मका दलित अगुवा कार्यकर्ताहरुको उपस्थितीमा प्रत्येक वडाबाट १ जना प्रतिनिधी हुने गरि १० जना, १ जना कार्यपालिका सदस्य, १ जना दलित महिला सदस्य र ३ जना मनोनित हुने गरि १५ सदस्य हुने गरि नगर दलित समन्वय समितिको बिद्यान मसौदा समिति गठन गरेको छ् ।

नगर दलित समन्वय समितिमा दोधारा चाँदनी नगरपालिका– १ बाट नरविर लुहार, वडा नं. २ बाट अंविर दमाई, वडा नं. ३ बाट भुपेन्द्र दमाई, वडा नं. ४ बाट राजु सुनार, वडा नं. ५ बाट मोहन सुनार, वडा नं. ६ बाट कमल सुनार, वडा नं. ७ बाट पदम सुनार, वडा नं. ८ बाट थिर बहादुर सुनार, वढा नं. ९ बाट आकृती कसेरा र वडा नं. १० बाट गंगा सुनारलाई सर्वसम्मतबाट चयन गरिएको नगर दलित समन्वय समिति दोधारा चाँदनीका पुर्व अध्यक्ष पर्शुराम सुनारले बताएका छन् ।

नगर दलित समन्वय समितिलाई चाडै पुर्णता दिने अगुवाहरुले बताएका छन् ।

ताजा समाचार