दोधारा चाँदनीका मृगौला पिडित राधाको उपचारका लागी गुरुङ्ग कृषक समुहको सहयोग

दोधारा । दोधारा चाँदनीका मृगौला पिडित राधा गुरुङ्गलाई गुरुङ्ग कृषक महिला समुहले उपचारमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी राधा गुरुङ्ग लामो समय देखि मृगौलाको समस्याबाट ग्रसित बन्दै आएपछि कञ्चनभोज स्थित रहेको महिलाहरुको समुह गुरुङ्ग कृषक महिला समुहले रु. ११ हजार ९ सय ५४ रुपिँया सहयोग गरेको तमुह समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले जनाएका छन् । यस अघि तमु समाजको कोषबाट रु. ५ हजार र मयुर कृषक समुह दोधारा चाँदनी– ८ गैरिवारे टोलबाट रु. ३ हजार ६ सय ४० रुपिँया गरि जम्मा रकम रु. ८ हजार ६ सय ६० रुपिँया राधा गुरुङ्गको उपचारको लागी सहयोग गरिएको हो ।

मृगौला पिडित राधा गुरुङ्गको दुबै मृगौलामा समस्या देखिएपछि उनको उपचारको लागी भारत लगाएत बिभिन्न स्थानमा लगिएको हो । अहिले पनि राधाको उपचार चलिरहेको छ् । आर्थिक अवस्था दैनिय भएर उपचार गर्न नसकेपछि स्थानियहरुले उनको उपचारको लागी आर्थिक सहयोग संकलन थालेका हुन् । मृगौला पिडित राधा गुरुङ्गल्े सबै सहयोगी मनहरुलाई उपचारमा सघाएको भन्दै धन्यबाद दिएका छन् ।

तमु समाजका अध्यक्ष तमान सिंह गुरुङ्गले मृगौला पिडित राधाको उपचारमा सहयोग गर्न ‘राधा बचाऊ’ अभियान संचालन गरेको बताएका छन् । अभियानमा सहयोग गरिदिन हुन सबैलाई अध्यक्ष गुरुङ्गले अपिल समेत गरेका छन् ।

ताजा समाचार