अवैध सरचनामाथि भीमदत्त नगरपालिकाको चल्यो डोजर

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले सडकमा परेका सटर(भौतिक संरचना) हटाउन लागेको छ । भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्र सडकमा परेका सटर हटाउन डोजर प्रयोग गरेको छ । बजारकै मुटुमा रहेका मदन चोकका २२ सटर हटाउनका लागि पालिकाले डोजर प्रयोग गरेको हो । बसपार्क–क्याम्पस रोड मदन चोक क्षेत्रमा रहेका २२ महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेका सटर हटाउन डोजर प्रयोग गरिएको हो । उक्त सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुको विकल्प दिनेगरी उनीहरुलाई सम्झाई बुझाएर सटर खाली गराउन लगाएको थियो ।

क्षेत्रीय शहरी विकास योजना मार्फत बजार क्षेत्रमा निर्माण भईरहेको आधुनिक सडक र ढलको काम रोकिएको थियो । उक्त संरचना हटाएसंगै अब मदन चोक क्षेत्रमा थप सौन्र्दयता थपिने भीमदत्त नगरपालिकाले जनाएको छ । भीमदत्तका नगर प्रमुख पदम बोगटीले आफ्नो पालिका भित्र रहेको सबै अवैध रुपमा नगर विकासका जमिनमा कब्जा गरिएको जग्गा सबैलाई हटाईने बताउनु भएको बताए । अब पालिकामा रहेका सबै अबैध रुपमा कब्जामा रहेका जमिनको तथ्याङक संकलन गरिरहेको भएर केही दिनमा सबै अबैध संरचना जग्गालाई पालिकाले खाली गराउने नगर प्रमुख बोगटीको भनाई रहेको छ । पालिकाले एक सुचना जारी गरेर जहाँ पनि सरकारी स्वामित्वमा रहेका जग्गाहरु अतिक्रमण भएका छन् सबैलाई जानकारी दिई खाली गरिने मेयरले बताए । ‘अहिले यो २२ सटरलाई तोडिए पछि एडिबीको परियोजनाका बाँकी काम पनि सुचारु हुनेछ, ‘उनले भने, ‘यो क्षेत्रमा रहेका सबै पसल व्यापारीहरुलाई अन्यत्र व्यवस्थापन गरिसकेको छ, उहाँहरुले उक्त नयाँ ठाउँबाट आफनो व्यापार पनि सुरुवात गरिसक्नु भएको छ ।’

नगर उपप्रमुख निलम लेखकले नगरपालिकाको क्षेत्रमा पर्ने स्वामित्वमा रहेको जग्गाहरुलाई खाली गर्ने अभियान संचालन गरिएको बताए । भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवश्थीले आफुले २२ सटर तोडनका लागी व्यापारीहरुले गरेको सहयोग गरेको बताए । ‘०७८ सालदेखी नै ती २२ सटर लगाएतका संरचाना भत्काउन प्रयास, पत्राचार भएपनि भत्काउन सकिएको थिएन ।’ नगरप्रवक्ता अवस्थीले भने ‘हामी निर्वाचित भएर आइसकेपछि नगरप्रमुख पदम बोगटीज्यूले ती सटरमा व्यवसाय गरिरहेका व्यक्तिहरुसंग पटक–पटक छलफल,आग्रह र उहाँहरुको उचित व्यवस्थापन गर्ने गरि सहमती भएपछि अहिले व्यपारीहरुले आफैँ आफ्ना सटर खाली गर्नुभयो त्यसपछि भत्काउन थालिएको हो ।’ फोटो क्याप्सन ः कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारमा रहेका अवैध संरचनामा डोजर मार्फत हटाईदै

ताजा समाचार