नेपाल बैकं र सिद्धनाथ विद्यालयविच सेवाग्राही कर्जा सम्झौता

कञ्चनपुर : नेपाल बैंंक लिमिटेड शाखा महेन्द्रनगरले कञ्चनपुरको एक सामुदायिक विद्यालयसंग सेवाग्राहीविच कर्जा सम्झौता गरेको छ । महेन्द्रनगर शाखा रहेको नेपाल बैकले भीमदत्त नगरपालिका १९बागफाँटाको सिद्धनाथ आधारभूत विद्यालयसंग सेवाग्राही कर्जा सम्झौता गरेको हो । नेपाल बैंक शाखा महेन्द्रनगरका प्रबन्धक महेशराज जोशीले सिद्धनाथ विद्यालयसंग सम्झौता भएको बताए ।

उनका अनुसार सम्झौता पछि विद्यालयमा कार्यरत स्थयाी शिक्षक कर्मचारीहरूले बिना धितोको छिटो छरितो कर्जा पाउनुका साथै विभिन्न डिजिटल बैंकिङ प्रोडक्टमा निशुल्क सेवा पाउनछन ।सिद्धनाथ आधारभूत विद्यालयका प्रअ मोहन देव जोशीले उक्त सम्झौतासंगै नेपाल बैंक लिमिटेडप्रति आभार प्रकट गर्दै शिक्षक कर्मचारीलाई बैंकिङ्ग सुुविधा हुने बताए । पछिल्ला दिनहरुमा कञ्चनपुरका आम ग्राहकहरूलाई उत्कृष्ठ बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपाल बैंक लिमिटेड ग्राहकहरूको पहिलो रोजाई बन्दै आएको छ ।

ग्राहकहरूले छिटो छरितो बैंकिङ सेवा पाएपछि यस क्षेत्रका प्रतिष्ठित ब्यवसायिहरू समेत नेपाल बैंकप्रति आकर्षित भएका छन।प्रत्येक दिन औषतमा दश भन्दा बढि ग्राहकहरू कर्जाको माग लिएर मात्रै आउने गरेको नेपाल बैकले जनाएको छ । नेपाल बैकले यस अघि सुप विश्वविद्यालय सहितका विभिन्न क्याम्पस, विद्यालय, संघ संस्था, अस्पताल व्यवसायिक क्षेत्रमा सेवा प्रवाहबारे सम्झौता गर्दै आएको छ ।

ताजा समाचार